केही वर्षअघिसम्म फागु पूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो। अबिरलगायत रङ दलिन्थ्यो।
सामान्यतया यो वर्ष अरुको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन। मानिस आफू आफूमै रमाए। घरपरिवार एवं छरछिमेकीसँग फागु खेले। टीका लगाइदिए। खुसी साटासाट गरे। आपसी सौहार्दता बढाए। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रुपमा मनाइएको छ।