काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउन र स्व-अनुशासित बनाउन ट्राफिकमैत्री बोर्ड राख्ने अभियान आजदेखि संचालन गरेको छ । यस जनचेतनासँगै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने उपर कारवाही अभियानलाई पनि तीव्रता बनाएको छ ।काठमाडौँ उपत्यकाको सडकहरूमा ट्राफिक नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना सम्बन्धी लेखिएको सूचनामूलक बोर्डहरू ५७ स्थानमा राखिएको कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।‘दुर्घटना कम गर्ने र सडक अनुशासन कायम गर्न कानुनमै भए अनुसारको सचे