रेबिजविरुद्धको खोप सर्वसुलभ हुँदाहँुदै पनि विश्वभरि नै रोग उन्मूलन चुनौतीपूर्ण बनेको छ । जनचेतनाको कमी, कुकुरसहित घरपालुवा जनावार र मानिसलाई रेबिजविरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुँदा रेबिज निर्मूलको लक्ष्य पूरा हुन...
विगतमा रेबिजको खोप सहज थिएन । उपलब्ध खोप नाइटो वरिपरि लगाउने गरिन्थ्यो । त्यस खोपको साइड इफेक्ट बढी हुन्थ्यो । निश्चित ठाउँमा मात्र लगाउनुपर्ने बाध्यताले गर्दा धेरै सङ्क्रमितले रेबिजबाट मृत्युवरण गर्नुपर्ने बाध्यता थियो ।
विश्व रेबिज दिवस मनाउँदै गर्दा अरु देशले जस्तै नेपालले पनि सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिजको कारणले हुने मृत्युको संख्यालाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ ।वर्षौं अगाडि नेपालमा खोप सहज उपलब्ध थिएन र भएको खोपको (नाइटो वरिपरि दिने खोप) पनि नकारात्मक प्रभाव अत्यधिक हुने गर्दथ्यो । तसर्थ रेबिज रोगको कारणले बर्सेनि धेरैको ज्यान गएको हुनसक्ने अनुमान गर्न सकिन्छ । यद्यपि यकिन तथ्याङ्कको खडेरी भने अहिलेसम्म पनि देखिन्छ ।हाल परिस्थिति बदलिएको छ । लगभग सबै ठाउँमा (सरकारी तथा निजी अस्पताल, औषधि प