उम्मेदवार सिफारिस गर्दा शुल्क नलिनु : कांग्रेस

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन मातहतका समितिलाई निर्देशन गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई ‘सर्कुलर’ पठाएर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको जनाएको छ ।कतिपय पार्टी निकायबाट आगामी निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा नगद रकम […]

सम्बन्धित सामग्री

रुपन्देहीमा माओवादीले गर्यो उम्मेदवार सिफारिस

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रुपन्देहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीका जिल्ला संयोजक निर्मल जीसीका अनुसार रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ बामदेव क्षेत्री, घनश्याम यादव र मक्सुद अलीलाई उम्मेदवार सिफारिस गरिएको छ । प्रदेशसभातर्फ १ को (क)बाट लेखनाथ न्यौपाने, दिपा विक र गोविन्द पंगेनी तथा (ख)बाट बामदेव क्षेत्री, महदेव बस्नेत र विजय यादव सिफारिस भएका छन् ।रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ विनोद

एमाले तनहुँले गर्‍यो सबै क्षेत्रको उम्मेदवार सिफारिस

दमौली : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) तनहुँले उम्मेदवार सिफारिस गरेको छ। दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि एमाले तनहुँले उम्मेदवार सिफारिस गरेको हो। एमाले जिल्ला कमिटीको बैठकले दुई प्रतिनिधिसभा, चार प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको जिल्ला अध्यक्ष श्रीप्रसाद…

एमाले तनहुँद्वारा उम्मेदवार सिफारिस

एमाले जिल्ला कमिटीको बैठकले दुई प्रतिनिधिसभा, चार प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए।...

पाण्डेय उम्मेदवार सिफारिस

काठमाडौँ – अमिन पाण्डेय वागमती प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस भएका छन्। प्रदेश सभाको प्रत्यक्षतर्फ काँग्रेसबाट काठमाडौं–८ (ख) पाण्डेयको नाम सिफारिस भएको हो। लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका पाण्डे कानुन व्यवसायीसमेत हुन्। उनी सामाजिक तथा सांगितिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्।

काभ्रे : एमालेद्वारा उम्मेदवार सिफारिस, माओवादी छलफलमा

आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस कार्य टुङ्ग्याएको छ । नेकपा (माओवादी केन्द्र)ले भने उम्मेदवार सिफारिस छनोटका लागि छलफलमा जुटिरहेको जनाएको छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् । जिल्लास्थित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले संविधानसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम यसअघि नै सिफारिसकार्य टुङ्ग्याइसकेका छन् ।एमा

कमल थापा मकवानपुर–१ बाट उम्मेदवार सिफारिस

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका केन्द्रीय अध्यक्ष थापा मकवानपुर–१ बाट उम्मेदवार सिफारिस भएका हुन्। थापालाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ।राप्रपा मकवानपुरको शनिबार हेटौँडामा भएको जिल्लाको बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरक

भागवण्डाको टुंगो नलाग्दै धमाधम उम्मेदवार सिफारिस

सिट बाँडफाँटको टुंगो नलाग्दै सत्ता साझेदार दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिफारिस सुरु गरेका छन्।...

श्रममन्त्री कुँवर अछाम-१ बाट उम्मेदवार सिफारिस

१३ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा  निर्वाचनका लागि अछाम-१ बाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार सिफारिस भएका छन् । कुँवरलाई एकीकृत समाजवादीले १ नम्बर क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर २ बाट भने नमराज न्यौपाने र देबेन्द्र दुई जना सिफारिस भएका छन् । उनीहरूको […]

माओवादीले २० भदौभित्र उम्मेदवार सिफारिस गर्ने

माओवादीले आसन्न निर्वाचनका लागि २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस...

एकीकृत समाजवादीले सबै पालिकामा उम्मेदवार सिफारिस गर्ने

काठमाडौं, २७ चैत्र । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनका लागि सबै पालिकामा उम्मेदवारहरु सिफारिस गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय सचिवालयको शनिबार र आइतबार बसेको बैठकले उम्मेदवार सिफारिस गरेपनि गठबन्धन गर्दा पार्टीले पाएको स्थानमा मात्र उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकले मापदण्ड तय गर्दै उम्मेदवार सिफारिस प्रक्रिया र समय तालिका पास […]