कृषि क्षेत्रमा वैदेशिक लगानी कति जायज ?

जम्माजम्मी बजेटको २ प्रतिशत रकम कृषि क्षेत्रका लागि विनियोजन गरेर ६५ प्रतिशतभन्दा ज्यादा मानिस आश्रित कृषि क्षेत्रले कसरी फड्को मार्न सक्ला ? हुन त प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लाई सबैजसो मुलुकहरूले रातो कार्पेट बिछ्याएरै स्वागत गरेका छन् । खासगरी डब्लूटीओ, आईएमएफ, विश्व बैंक, संयुक्त राष्ट्र संघ, सार्क, साफ्टा, बिमस्टेकलगायतका थुप्रै अन्तर्राष्ट्रिय संघ–संगठन र त्यसमा विश्वका […]

सम्बन्धित सामग्री

कृषिमा प्रत्यक्ष वैदेशिक लगानी : सर्वोच्चको फैसलामा असहमति

नाफाका लागि मात्र गरिने पूँजी र प्रविधिको लगानीले त्यसै पनि कृषि क्षेत्र तहसनहस हुँदै गएको तीतो यथार्थ छँदैछ । यसलाई समेत बेवास्ता गरेर आर्थिक भूमण्डलीकरणको स्वाभाविक प्रक्रिया भन्दै बहुराष्ट्रिय कम्पनीलाई कृषि क्षेत्रमा प्रवेश गराउनु विडम्बनापूर्ण छ ।

घट्यो वैदेशिक लगानी प्रतिवद्धता

गत आर्थिक वर्ष २०७७-७८ मा उद्योग विभागमार्फत ३२ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता आएको छ । यो लगानी प्रतिवद्धता पर्यटन, सेवा, उत्पादनमूलक, सूचना प्रविधि, उर्जा र कृषि तथा वनजन्य गरी ६ वटा क्षेत्रमा आएको उद्योग विभागले जनाएको छ । कोभिड–१९ महामारीका बीच पनि ३२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउनु सकारात्मक भएको […]

कृषि वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध सडकमा उत्रिए सरोकारवाला

कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाले प्रदर्शन गरेका छन् । खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार काठमाडौंको माइतीघरमा सरोकारवालाले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयविरुद्धमा विभिन्न ब्यानर र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन्

कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने नीतिको प्रभाव

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याएर कृषि क्षेत्रमा वैदेशिक लगानी गर्न बाटो खुला गरेको छ । विभिन्न क्षेत्रमा वैदेशिक लगानी भित्रिए पनि अहिलेसम्म कृषि क्षेत्रमा लगानी आउन सकेको थिएन । बढ्दो व्यापारघाटा कम गर्न र नयाँ–नयाँ प्रविधि भित्र्याउनका लागि सरकारले हालै वैदेशिक लगानी भित्र्याउने ऐन पारित गरेको छ ।यो व्यवस्थाअनुसार ५० करोड रुपैयाँभन्दा […]

कृषिमा वैदेशिक लगानी: उपादेयता र नदेखिएको पाटो

हाम्रा जल, जमिन र सस्तो श्रम जस्ता स्रोतहरुको दोहन गरिरहँदा फाइदा घाटाको पल्ला कता भारी छ भनेर विश्लेषण गर्नु अनिवार्य छ। विदेशी लगानी पूर्णरुपमा हाम्रो साना किसान एवं कृषि उद्यमीहरुले ग्रहण क्षमताभन्दा बाहिरका भए भने हाम्रो राष्ट्रका लागि समग्रमा प्रत्युपादक साबित हुनेछ।

कृषि उद्यमीहरुको आरोप- सरकारले चोर बाटोबाट उद्योगीको ८५ अर्ब लगानीमा धावा बोल्यो

२१ पुस, काठमाडौं । कम चलाउ सरकारले कृषिका प्राथमिक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने निर्णय गरेर कृषि उत्पादनसँग जोडिएको ८५ अर्ब लगानीमाथि धावा बोलेको भन्दै कृषि उद्यमीहरु आन्दोलित भएका छन् । कृषि उत्पादनका प्राथमिक क्षेत्रसँग सम्बन्धित चार संस्थाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर वैदेशिक लगानी भित्र्याउने निर्णय तुरुन्त फिर्ता लिन सरकारलाई आग्रह समेत गरेको छ […]

कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खारेज गर्न माग

काठमाडौं । कृषिसँग सम्बन्धित सरोकारवाला पक्षहरुले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको बताएका छन् । डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्री दुग्ध सहकारी संघ र केन्द्रीय पशुपन्छी पालन सहकारी संघले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी कृषिमा वैदेशिक लगानी ल्याउने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताएका हुन् । कृषि क्षेत्रमा देशकै निजी क्षेत्रबाट अर्बौ लगानी भइराखेको अवस्थामा सरकारले अपारदर्शी निर्णय गरेको भन्दै फिर्ता लिन आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले कृषिमा वैदेशिक लगानी भित्र्याउँदा देशको अर्थतन्त्रमा दीर्घकालिन असर पर्ने बताउनुभयो । निजी क्षेत्रको अर्बौ लगानी रहेको क्षेत्रमा सरकोकारवालाहरुसँग कुनै सरसल्लाह नगरी किसानको हित विपरित चालिएको कदम तत्काल फिर्ता लिनुपर्ने उहाँको भनाई छ । नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले अहिले सम्म लगानी गरेर आधार तयार गरेको क्षेत्रमा प्रतिफल पाउने बेलामा वैदेशिक लगानी ल्याउनु गलत हुने बताउनुभयो । सरकारले कसैलाई पनि थाहै नदिई राजपत्रमा प्रकाशित गरिसकेकोले तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो । किसान अभियान्ता उद्वव अधिकारीले राजनीतिक अस्थिरता र जनप्रतिनिधिहरुको प्रतिनिधिमुलक संस्था नभएको अवस्थामा सरकारले संकास्पद तरिकाले कृषिमा वैदेशिक लगानी ल्याउने निर्णय गरेको बताउनुभयो । कृषिमा देशभित्रकै लगानी प्रयाप्त भएको अवस्थामा राम्रो योजना दिनुपर्ने ठाउँमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने निर्णय गरेर गलत गरेको बताउनुभयो । कृषिको प्रारम्भिक उत्पादनका लागि विदेशी लगानी ल्याउनै नहुने अधिकारीले बताउनुभयो । सरकारले मन्त्रिपरिषद्को निर्णयबाट कृषि क्षेत्रमा सर्त सहित डेरी उद्योग, पशुपंक्षिपालन, माहुरीपालन, माछापालन, फलफूल, तरकारी लगायत कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरी पुस २० गते राजपत्रमा प्रकाशित गरिसकेको छ । राजपत्रमा प्रकाशित भइसकेपछि मात्रै थाहा पाएका कृषि क्षेत्रका सरोकारवालाहरुले सरकारको यस्तो निर्णय तत्काल खारेज हुनुपर्ने माग गरेका छन् । उनीहरुले यस्तो निर्णयलाई खारेज गराउन विभिन्न संघर्षका कार्यक्रम गर्ने समेत बताएका छन् ।

सम्पादकीय : कृषिमा वैदेशिक लगानी

सरकारले नेपालको कृषि क्षेत्रमा वैदेशिक लगानीका लागि ढोका खोलेको छ । यसका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ०७५ को अनुसूचीमा संशोधन गरी नेपाल राजपत्रमा सूचनासमेत प्रकाशित गरिसकिएको छ...