कञ्चनपुर : प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाको कार्य कञ्चनपुरका तीन स्थानमा हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार निर्वाचन क्षेत्र नं १ मा बेलौरी नगरपालिका ४ को सभा हलमा, निर्वाचन क्षेत्र नं २ को शुक्लाफाँटा नगरपालिका ४ असैनास्थित कालिका माध्यमिक विद्यालयमा हुने भएको छ।यसैगरी निर्वाचन क्षेत्र नं ३ को मतगणनाको कार्य जिल्ला समन्वय समितिको हलमा हुने भएको छ। मतदान केन्द्रबाट मतगणना हुने स्थानमा मतपेटिका पुर्याउने कार्य ज