अभिनेत्री सारा सिर्पाली यूएईको दुबईमा छिन् । उनले दुबईमा निकै आकर्षक जागिर पाएको बताइन्छ । अभिनेत्री सारा दुबईमा भएपछि नेपाली फिल्म गुन्जनको प्रचारप्रसारमा समस्या भएको छ । ‘गुन्जन’ २९ पुसबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । निर्माण युनिट अहिले फिल्मको कसरी प्रचारप्रसार गर्ने भन्ने अलमलमा परेको छ ।फिल्मका निर्देशक अष्ट महर्जनले सारा नेपाल नआउँदा फिल्मको प्रचारमा समस्या परेको बताए । ‘पहिले साराले फिल्म रिलिजको बेला नेपाल आउँछु भनेकी थिइन्’ निर्देशक महर्जनले भने, &