विश्वका सबै जनताको भविष्यलाई सुरक्षित बनाउन बहुपक्षीय समझदारी जरुरी रहेको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताएका छन् । अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७६ औँ महासभालाई सम्बोधन गर्दै मन्त्री खड्काले राष्ट्रसंघलाई केन्द्रमा राखेर गरिने साझा सहकार्यको पक्षमा नेपाल रहेको बताएका हुन् ।कोभिड–१९ महामारीले वैश्विक अर्थतन्त्र धरापमा पारेको र थप १५ करोड जनसङ्ख्यालाई अति गरिबीमा धकेलेको उनले बताए । महामारीपछि सिर्जित सङ्कटलाई अब अवसर र आशामा बदल्ने समय आएको पनि उनले बताए । त