गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

लण्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवर्द्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले संघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिएका छन्।उनले सन् २०२१–२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने संस्था बनाउन आफूले काम गर्ने बताए। संघको दशौँ अधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौँमा हुन गइरहेको छ भने पहिलोपटक अनलाइन माध्यमबाट निर्वाचन हुने बताइएको छ।

सम्बन्धित सामग्री

उच्च अदालत पाटनले वद्री केसी समूहलाई आधिकारिकता दिन मानेन

काठमाडाैँ – उच्च अदालत पाटनको न्यायाधीशद्वय हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको इजलासले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवीकरण गर्न बुधबार परमादेश जारी गरेको छ। गैरआवासीय नेपाली संघको दश वर्षे अवधि गत अक्टोवर २०२३ मा पूरा हुनु पूर्वनै कुल आचार्य, रविना थापा र वद्री केसीको नेतृत्वको कार्यसमितिले नविकरणका लागि परराष्ट्र मंत्रालयमा नियमानुसाार प्रकृया पूरा गरी निवेदन […]

एनआरएनए विवादमा फेरि तानिइन् प्रधानमन्त्री पत्नी आरजु देउवा

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा फेरि मुछिएकी छन्। गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले आयोजना गरेको राष्ट्रिय अध्यक्षहरुको भेलाद्वारा जारी विज्ञप्तिमा आरजुमाथि अध्यक्ष पन्तले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै खेद व्यक्त गरेपछि उनी औपचारिक रुपमा विवादमा तानिएकी हुन्। यसअघि संघका केन्द्रीय पदाधिकारीले […]