काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिभाइस शोरुम अगाडिबाट मंगलवार राति होन्डा डिओ स्कुटी चोरी भएको छ ।
शोरुम परिसरमा पार्किङ गरिएको ग्रे रङको बा९१प ७० नम्बरको स्कुटी चोरी भएको हो । उक्त शोरुम महानगरीय प्रहरी वृत्त, दरबारमार्ग छेउमा छ । उक्त स्कुटी निकेश महर्जनको नाममा छ ।
शोरुमको सीसीटीभी फुटेज हेर्दा मंगलवार राति खाली खुट्टा रहेका र मास्क लगाएका युवकले डोर्याएर स्कुटी लगेको देखिन्छ । प्रहरीको सीसीटीभी फुटेजमा भने मंगलवार राति ८ः१२ बजे युवकले डोर्याएर स्कुटी लगेको देखिएको सवारीधनी महर्जनले बताए ।
स्कुटी हराएको थाहा पाएलगत्तै मंगलवार राति सवारीधनी महर्जनले खोजतलासका लागि महानगरीय प्रहरी वृत्तमा निवेदन दिएका थिए । उक्त निवेदनमा मंगलवार राति ७ः५० बजे स्कुटी हराएको उल्लेख छ ।
सवारीधनी महर्जनले उक्त स्कुटी खोजतलास गरिदिन भन्दै बुधवार (आज) काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पनि निवेदन दिएका छन् ।
दरबारमार्गजस्तो व्यस्त र प्रहरीको चेकिङ हुने ठाउँबाटै स्कुटी चोरी भएको भन्दै सवारीधनी महर्जनले प्रहरी प्रशासनमाथि नै प्रश्न उठाएका छन् । उनले प्रहरी प्रशासनले स्कुटी खोजीमा खासै चासो नदिएको आरोपसमेत लगाएका छन् ।
यता प्रहरीले भने स्कुटीको खोजतलास गरिरहेको जनाएको छ ।