अर्थतन्त्र सुध्रने आशा (सम्पादकीय)

सरकारले चालू आर्थिक वर्षको बजेटको मध्यावधि मूल्याङ्कन गरेको छ । आर्थिक वर्षको सात महिना बित्न लाग्दा भएको यो समीक्षाले गएको साउन १ गतेदेखि पुस मसान्तसम्म सम्पादन गरेका आर्थिक गतिविधि र त्यसले सिर्जना गरेको आर्थिक परिसूचकहरूको मिहिन विश्लेषण गरेको छ । आर्थिक वर्ष आरम्भ हुँदा मुलुकमा कोरोना भाइरस (कोभिड–१९) ले थिचेको थियो । अझ चालू आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा गएको जेठ १५ मा त कोरोना भाइरसका कारण मुलुक नै बन्दाबन्दीको अवस्थामा थियो । मुुलुकको सम्पूर्ण ध्यानदृष्टि कोरोना महामारीबाट कसरी बच्ने र बचाउने भन्नेतर्फ नै गएको बेला आएको बजेटको कार्यान्वयन पक्कै सहज थिएन । चालू आर्थिक वर्षको पहिलो छ महिनामा अनेकौँ बाधा व्यवधान भए पनि बजेट कार्यान्वयनमा सरकारको प्रयास कायमै रह्यो । कोरोना महामारीविरुद्ध आरम्भमा बन्दाबन्दी गरियो । बन्दाबन्दीलाई विस्तारै खुकुलो गर्दै स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्दै अर्थतन्त्रका सबैजसो क्षेत्र क्रमिक रूपमा खुला गरियो । फलस्वरूप, आर्थिक क्रियाशीलताले गति लिन थालेको छ ।

सम्बन्धित सामग्री

अहिलेको सरकारबाट अर्थतन्त्र सुधारको आशा गर्न सकिंदैन: डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकारबाट अर्थतन्त्र सुधारको आशा गर्न नसकिने बताएका छन्।...

एमालेले मात्रै अर्थतन्त्र अघि बढाउन सक्छ : ओली

काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम नेकपा एमालेबाहेकले नसक्ने बताएका छन्। शुक्रवार पार्टीको मध्यपहाडी यात्राअन्तर्गत लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जति वटा पार्टी मिले पनि देश बनाउने काम एमालेबाहेकका राजनीतिक दलले नसक्ने जिकिर गरे।उनले राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकताबद्ध बनाउने, समाजमा आशा, भरोसा, उत्साह र विश्वास ज

कोभिडपछिको चिनियाँ अर्थतन्त्र

गत डिसेम्बरमा चीनले कोभिड नियन्त्रणका सम्पूर्ण प्रावधान हटाएपछि विश्वको पूर्ति सिक्रीमा सहजता आउने र यो वर्ष विश्वको समष्टि आर्थिक परिदृश्यमा थप सुधार आउने आशा गरिएको थियो । चीन विश्वको दोस्रो ठूलो अर्थव्यवस्था भएको र विश्वको कुल गार्हस्थ्य उत्पादनमा चीनको योगदान १६ प्रतिशत रहेको तथा चीनलाई विश्वको कारखानास्थल नै मानिएकाले यस्तो आशा गर्नु अस्वाभाविक थिएन । […]

आशा बाँड्न नसकेको प्रदेश बजेट

अर्थतन्त्र सुस्त बनेर सबैतिर समस्या र निराशा छाएको बेला सात प्रदेश सरकारले ल्याएको बजेटले पनि आशा जगाउन सकेको छैन । मुलुकका तीन तहका सरकारमध्ये दुई तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिसकेका छन् । संघीय सरकारले जेठ १५ मा ल्याएको बजेटले पनि सबैलाई निराश बनाएको छ । बजेट आउनुअघि धेरैको आशा सुस्त अर्थतन्त्रलाई सम्बोधन […]

भारत विश्वको सबै भन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र बन्न तयार छ: आरबीआई

काठमाण्डौं । भारतको अर्थतन्त्र विश्वव्यापी हेडविन्डको सामनामा लचिलो रहेको छ र मुद्रास्फीति हालैको शिखरमा आउँदा विश्वको सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र बन्ने बाटोमा रहने अपेक्षा गरिएको छ, भारतीय रिजर्भ बैंकले शनिबार भन्यो। एक बुलेटिनमा, आरबीआईले दक्षिणपश्चिम मनसुनको हालैको पुनरुत्थान र नवीकरण गरिएको रोपणले ग्रामीण मागले छिट्टै शहरी खर्चमा समात्ने र रिकभरीलाई सुदृढ गर्ने आशा बढाएको […]

सुस्ताएको अर्थतन्त्र चलायमान हुने आशा

नेपाली समाजमा परापूर्वकालदेखि चाडपर्वको सांस्कृतिक तथा सामाजिकबाहेक आर्थिक महत्व पनि रहेको पाइन्छ । तत्कालीन समयमा हालको जस्तो व्यवस्थित बजारको विकास नभइसकेका कारण चाडपर्वका अवसरमा आर्थिक गतिविधि बढ्ने गथ्र्यो । त्यसैले वर्षभरि कुनै पनि चाडपर्वका अवसरमा मेला तथा बजार पनि चल्थ्यो । तर, समाज विकासका क्रममा व्यापार व्यवस्थित हुन थाल्यो । साना–साना उद्योगहरू केही समयसँगै हराए, […]

अर्थतन्त्र लयमा फर्किने आशा

पछिल्ला साताहरूमा लगातार कोरोना संक्रमणको अवस्था सुधार हुँदै गएको छ । खोपको उपलब्धताका कारण मुलुकभर नै खोप लगाउने जनसंख्यामा वृद्धिका कारण पनि कोरोना संक्रमणको अवस्था सुधार भएको देखिएको छ । साथै, खोपको प्रभावकारिता र संक्रमणविरुद्ध विकास भएको एन्टिबडीले पनि कोरेना संक्रमणको स्थितिमा सुधार ल्याएको स्वास्थ्यकर्मीहरूको आकलन छ । कोरोना संक्रमणको अवस्थामा सुधार भएका कारण ओरालो […]

संक्रमण घट्दा अर्थतन्त्र लयमा फर्किने आशा

कोभिड खोपको प्रभावकारिता ९० प्रतिशतखोपको प्रभावकारिता र संक्रमणविरुद्ध विकास भएको एन्टिबडीले ओरालो लागेको अर्थतन्त्र लयमा फर्कने संकेत देखिएको छ । विगतमा खोप व्यवस्थापनमा देखिएको समस्या हल हुँदै जानु र मानिसमा संक्रमणसँग लड्ने क्षमता विकास भएका कारण यसको सम्भावित दीर्घकालीन असर कम भएर दैनिकी सहज हुँदै जाने देखिएको हो । जसका कारण अर्थतन्त्र चलायमान हुने संकेत […]

चीनबाट आउने खोपले अर्थतन्त्र तंग्रिने आशा

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पाउने खोप आउन केही ढिलाइ हुने भए पनि सरकारले चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीले उत्पादन गरेको खोप ल्याउने भएको छ । विगत करिब १६ महिनादेखि कोरोनाका कारण सुस्ताएको अर्थतन्त्र कोरोनाको खोपका कारण तंग्रिने आशा पनि गरिएको छ ।सरकारले असार २४ बाट चीनको बेइजिंङस्थित सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोप ल्याउन लागेको हो […]