रौतहट : जिल्लाका वनबाट काठ तस्करले काठ तस्करीको लागि नयाँ शैली अपनाएको पाइएको छन्। तस्करले तस्करीका लागि साइकलको स्वरूपनै परिवर्तन गरेका छन्। तस्कर समूहले तस्करी गर्न बनाएको पाँच थान साइकल सोमबार वन कर्मचारीले बरामद गरेका हुन्।तस्करले एउटा साइकलबाट एक पटकमा करिब १६ देखि १८ क्यूफिटसम्मको काठको गोलिया तस्करी गर्न सक्ने गरी साइकललाई परिवर्तन गरेका छन्। तस्करले साइकलको दुई चक्का बीचको त्रिभुज आकारको भाग हटाएर त्यसको ठाउँमा मोटो फलामको गोलाकार भाग बनाएका छन्। त्यसैगरी उन