काठमाडौं : गायक प्रमोद पाण्डेको ५८ वर्षको उमेरमा बिहीबार निधन भएको छ। करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराइँदै आएका गायक पाण्डेको बिहीबार काठमाडौंमा निधन भएको हो। रेडियो नेपालबाट गायन सुरु गरेका पाण्डेले दर्जनौँ आधुनिक गीत तथा भजनमा स्वर दिएका छन्। मृतक पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्।