सुस्तामा पुल निर्माणको काम सुरु भएको सात वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । झोलुङ्गे पुल निर्माणमा ढिलाई हुँदा सुस्तावासी अझै पनि जोखिमपूर्ण डुङ्गा यात्रा गर्दै आएका छन् । नारायणी नदी (गण्डक नदी) ले घेरिएको सुस्ताबाट आफ्नै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन डुङ्गा चढेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने तथा वर्षाको समयमा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्ययता रहेको सुस्तावासी बताउँछन् ।नारायणी नदी पारी भारतको बिहारसँग जोडिएको सुस्ताभूमिलाई वडा कार्यालय, गाउँपालिका कार्यालय र सदरमुकामसँग जोड्न