काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती हटाउन डोजर चलाएपछि राष्ट्रिय भूमि आयोग र महानगरबीच विवाद देखिएको छ । यसबारेमा आयोग र महानगरले आज छुट्टाछुट्टै सूचना समेत निकालेका छन् । राष्ट्रिय भूमि आयोगले तत्कालका लागि भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका बस्ती नहटाउन पालिकालाई अनुरोध गरेको छ ।
आयोगले काठमाण्डौ महानगरपालिकासहित सबै पालिकालाई भूमिहीन तथा सुकुम्बासी असुरक्षित हुने कुनै पनि काम नगर्न/नगराउन सूचनामार्फत् जानकारी गराएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार गएको भदौ ...