बाँकेमा नमुना मतदान सुरु

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा आजदेखि नमुना मतदान कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको नमुना मतदान कार्यक्रम २१ गतेसम्म हुने छ । नमुना मतदानमा मतदाता लाइनमा कसरी बस्ने, ज्येष्ठ नागरिकलाई मताधिकार प्रयोग गर्न कसरी दिने, मतदान गर्ने विधिलगायतका विषयमा जानकारी दिइने जिल्ला निर्वाचन कार्यालय, बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिए । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जा

सम्बन्धित सामग्री

रसुवाको तीन पालिकामा नमुना मतदान

रसुवा। बदर मत न्यूनिकरण गर्ने उदेश्यले रसुवामा नमुना मतदान सुरु  भइसकेको छ । मङ्सिर  ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन लाई लक्षित गरी निर्वाचन कार्यालय रसुवाले नमुना मतदानको अभ्यास गरेको हो । जिल्लाका प्रत्येक  पालिकामा बदर मत कम गर्ने लक्ष्य  अनुरूप जिल्ला निर्वाचन कार्यालयको समन्वयमा नमुना मतदान  अभ्यास गरिएको निर्वाचन अधिकारी […]

नुवाकोटमा नमुना मतदान

निर्वाचन आयोगले नुवाकोटमा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत नमुना मतदान सुरु गरेको छ । नुवाकोटमा बुधबारदेखि जिल्ला निर्वाचन कार्यालयमार्फत् नमुना मतदान थालिएको हो ।

काठमाडौंको राष्ट्रिय सभागृहमा नमुना मतदान हुँदाहुँदै मतपेटिका लुटियो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभागृहको प्रांगणमा नमुना मतदान कार्यक्रम गरेको छ । स्थानीय तह निर्वाचनमा मतपत्र बदर हुन नदिन आयोगले नमुना मतदान कार्यक्रम गरेको हो । आज (शनिबार) राष्ट्रिय सभागृहको प्रांगणमा नमुना मतदानका लागि महिला र पुरुषलाई छुट्टाछुट्टै लाइन लगाएर मतदान सुरु गरिएको थियो । मतदानस्थल वरपर सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । […]

महोत्तरीमा सुरु भयो नमुना मतदान, ४२ पुरुष र १८ महिला सहभागी - Naya Patrika

महोत्तरीमा नमुना मतदान सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा नगर तथा गाउँपालिका स्थित मतदान केन्द्रहरुमा नमुना मतदान सुरु भएको हो । मतदातालाई मत खसाल्न सजिलो होस र नजानेका...पूरा पढ्नुहोस् »