काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमले व्यवसायीहरुलाई आग्रह गरेको छ । ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ (प्रडक्ट डेलिभरी अर्डर) नलिने घोषणा गरेपछि निगमले उक्त आग्रह गरेको हो । मंगलबार निगमको तीन प्रादेशिक कार्यालयलहरुले विज्ञप्ति जारी गरेर इन्धनको ढुवानी नरोक्न आग्रह गरेका हुन् । […]