स्वास्थ्य मन्त्री गिरी र स्वीट्जरल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी र स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन विरसेटबीच भेटवार्ता भएको छ । बिरामी सुरक्षासम्बन्धी मन्त्रिस्तरीय कार्यशालामा भाग लिन स्वीट्जरल्याण्ड पुग्नुभएका गिरीले आज (शुक्रबार) त्यहाँका राष्ट्रपतिसँग भेट गर्नुभएको हो ।

सम्बन्धित सामग्री

प्रचण्डले छेपारोले भन्दा छिटो रंग बदलेः निवर्तमान मन्त्री गिरी

काठमाडौं, १६ फागुन । निवर्तमान स्वास्थ्य मन्त्री एवं नेकपा एमालेका नेता पदम गिरीले देशी-विदेशी शक्तिकेन्द्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शयनकक्षसम्म पुगेर दबाब दिएकाले सत्ता गठबन्धन भत्किएको आरोप लगाएका छन् । ‘सरकार बनेको दुई महिना पनि पुग्न नपाउँदै प्रचण्डले छेपारोले भन्दा छिटो आफ्नो रंग बदल्दै अवसरवादी चरित्र प्रस्तुत गर्नुभयो र त्यसले गर्दा ४२ दिनमै सरकारबाट बाहिरिनु […]

सरकारबाट बाहिरिने एमालेको निर्णय, ४२ दिनमै बाहिरिए स्वास्थ्य मन्त्री गिरी

यो निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको मन्त्रालयको यात्रा ४२ दिनमै टुंगिएको छ। गिरी माघ ३ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थिए।

स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा छः स्वास्थ्य मन्त्री गिरी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने भएकाले त्यसलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलबार निरीक्षण गर्दै उनले समाजका गरिब र विपन्न वर्गलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ सञ्चालन गरिएको स्वास्थ्य बीमालाई पहिलो प्राथमिकतामा राख्न आफूले निर्देशन दिएको जानकारी दिए ।

स्वास्थ्य बीमा फराकिलो बनाएर जनतामाझ लैजान्छौँ : स्वास्थ्य मन्त्री गिरी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझै फराकिलो बनाएर जनतामाझ लैजाने बताउनुभएको छ । भरतपुरस्थित विपि कोइराला क्यान्सर अस्पतालमा अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसरमा बोल्दै मन्त्री गिरीले यस्तो धारणा राख्नुभएकाे हो ।

स्वास्थ्य क्षेत्रमा भ्रष्टचार गर्न दिन्न : स्वास्थ्य मन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा पूर्वधार खरिद गर्दा भ्रष्टचार गर्न नदिने प्रतिवद्धता गर्नुभएको छ ।