दमौली (तनहुँ), २८ माघ । दक्षिण एसियाकै ठूलो दाबी गरिएको तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफालाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा सिद्धगुफालाई पर्यटकीयस्थलका रुपमा विकास गर्न लागेको हो । त्यसका लागि गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रमका लागि सिद्धगुफा छनोट भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । जनपर्यावरणमैत्री तथा सिद्धगुफा […]