काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक गणपुरक संख्या नपुगेपछि आधा घण्टाको लागि स्थगित भएको छ। गणपुरक संख्या ६९ हुनुपर्नेमा ६३ जना भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित भएको हो।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोईराला)ले नीति अनुसन्धान प्रतिष्ठान विधेयक-२०७६ निर्णयार्थ पेश गरेका थिए। गणपुरक नपुगेकोबारे सांसद झपट बहादुर…