प्रतिनिधिसभाको बैठक गणपुरक संख्या नपुग्दा स्थगित गरिएको छ । औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नेक्रममा कूल संख्याको एक तिहाइ पनि सांसदहरू उपस्थित नहुँदा प्रतिनिधसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।