बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपराह्नमा बसेको बैठकले प्रदेशको विद्युतीय माध्यमबाट यातायात प्रवाहसम्बन्धी राजश्व २०७८ लाई स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशको पाँच वटा जिल्ला अस्पताल र दुई वटा स्वास्थ्य संस्थालाई कोभिड–१९ सङ्क्रमित बिरामीहरुलाई उपचार सेवामा निरन्तरता दिन आवश्यक बजेट यथाशीध्र उपलब्ध गराउने र भेन्टिलेटर, आईसीयू कक्ष स्थापना गर्नुको साथै आइसोलेसन कक्षहरु स्थापना गर्नेतर्फ उच्च प्राथमिकताका साथ कार्यान्वय गर्ने निर्णय गरेको सरकारको प्रवक्ता, आर्थिक मामिला ...