सानोमा हजुरबाले भन्नुहुन्थ्यो नाति खोला-खोला नडुल्नू मकैबारीमा नअल्मलिनू वनझाँक्रीले लैजान्छ मैले सोधेथें ‘लग्यो भने के गर्छ हजुरबा ?’ भन्नु हुन्थ्यो- ‘तेरो होसमाथि कब्जा गरेर तँलाई लट्य्याएर ललाई फकाई गरेर जादुमन्तर फुकेर उसको इच्छा अनुसार काम लगाउँछ के के गराउँछ के के मनलाग्दी गराउँछ’ हजुरबा! मन्त्री ज्युले भन्नु भाको आजकल वनझाँक्रीहरू गाउँघरमा हैन राजधानीतिरै छ्याप्छ्याप्ती पाइन्छन् […]