काठमाडौं। मुस्लिम आयोग र केन्द्रीय तथ्याङ्क विभागबीच आज ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको छ । छलफलपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सीमित गर्न तथ्याङ्क विभागसँग आग्रह गरिएको बताए ।