नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।
अधिवक्ता गुणराज आचार्यले बिहीवार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।
'प्रधानमन्त्रीको ठाडो आदेशमा भएको पक्राउ र गैरकानूनी थुनाविरुद्ध अन्य वैकल्पिक र प्रभावकारी उपचारको अभावमा प्रस्तुत निवेदन गर्न आएको छु,' रिट निवेदनमा भनिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिका कारण पक्राउ गरिए पनि झाँक्रीलाई दिइएको पक्राउ पूर्जीमा भन...