काठमाडौं : महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतीय पक्षले पक्की संरचना बनाइरहेको विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ।भारतले पछिल्लो समय दार्चुला सदरमुकाम खलंगाबाट धारचुला जोड्ने पुलमुनि तटबन्धसहितको सडक निर्माण गरिरहेको छ। त्यसको विरोधमा स्थानीयले आइतबार पुल अवरुद्ध गरेर निर्माण रोक्न माग गर्दा भारतीय पक्षबाट ढुंगा प्रहार भएको थियो।ढुंगा लागेर स्कुलमा खेलिरहेका बालकसहित ४ जना घाइते भएका थिए। नेपालीमाथि ढुंगा प्रहार र नदी अतिक्रमणबारे जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्