डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक हुनुहुन्छ । सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको हुनुभयो ।
“मलाई कोरोना लाग्नासाथ नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक डा. प्रदीप केसीलाई फोन गरेर आयुर्वेदिक औषधि मगाए । आयुर्वेदिक औषधि नियमित प्रयोग गरेपछि मलाई गाह्रो भएन, सजिलै कोरोना परास्त गर्नसकेँ,” डा. श्रेष्ठले भन्नुभयो । उहाँकी बहिनीलाई भदौ महिनामा कोरोना सङ्क्रमण हँुदा आयुर्वेदिक औषधिले निको भएको डा. श्रेष्ठको अनुभव छ ।