कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीजलाई परम्परागत अन्धविश्वासी शैलीबाट नभई महिला स्वतन्त्रताका रुपमा मनाउन आग्रह गरेका छन् । हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष पर्व ‘हरितालिका तीज पर्व–२०७८’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली महिला दिदी बहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले यसलाई दिदीबहिनीको भेटघाट, सुख–दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको रुपमा मनाउन आग्रह गरेका हुन् ।उनीद्वारा