काठमाडौं : देशभर १९ जिल्लाको ५९ वटा वनमा डढेलो लागिरहेको छ। केही दिनयता सुक्खा बढेपछि आगलागी हुँदै गएको छ। यो समाचार तयार पार्दासम्म विभिन्न जिल्लामा डढेलो लागिरहेको छ। बुधबारभन्दा आज कम आगलागी भएको छ। बुधबार राति वर्षा भएकोले आगलागी कम भएको हो।डोटी ११, अछाम १,बझाङ १,बाँके, बारा १, बर्दिया १,चितवन ३,डडेलधुरा ७,दैलेख ४, गुल्मी ३,जाजरकोट २, जुम्ला १,कैलाली १,पर्सा ३,रुपन्देही २,सल्यान ८,सुनसरी ३ र सुर्खेतको ६ ठाउँमा आगलागी भइरहेको वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान