दाङ : जिल्लामा गत आर्थिक वर्ष २०७७ सालमा विभिन्न विपद्का घटनाहरूमा परेर ४९ जनाको मृत्यु भएको थियो, भने २६ जना घाइते भएका थिए।जिल्ला आपतकालीन कार्य सञ्चलन केन्द्र दाङका अनुसार १४ जना महिला र ३५ जना पुरुषको मृत्यु भएको हो। जिल्लामा सबैभन्दा बढी पानीमा डुबेर ( पोखरी, कुवा, खाडल) २४ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको केन्द्रले जनाएको छ।त्यस्तै, आगलागीबाट २ जना, करेन्ट लागेर ६ जना, सर्पदंशबाट ५ जनाको मृत्यु भएको केन्द्रका संयोजक विश्वमणि आर्यालले जानकारी दिए। त्यसैगरी, पहिरोमा परी २ जना, खोलाले बग