काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार मनोज भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । कैलाली घर भएका भण्डारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नयाँ बानेश्वरबाट पक्रेको हो । भण्डारीले दिएको ४ करोड २० लाखको चेक बाउन्स भएको छ । बैंकिङ कसुर मुद्दामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । ३९ वर्षीय मनोज ठेकेदार हुन् । आफ्ना ठेक्कापट्टाका सहकर्मी रितु जोशीलाई उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा जाहेरी दर्त