साताको तेस्रो दिन पनि नेप्से सूचकमा ४४ अंकको सुधार आएको छ । आइतबार र सोमबार करिब २९ अंकले बढेको नेप्सेमा मंगलबार थप ४४.१६ अंकले बढ्दै २३ सय १३ विन्दुमा उक्लिएको हो । यस दिन सबै उपसूचकहरु धनात्मक भएर सेयर बजार नै हरियाली बन्न पुगेको छ । तर आकर्षक रुपमा बढिरहेको बजारमा कारोबार रकम भने आजपनि बढ्न सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार ४४ अंकमाथिले नेप्से सूचक बढेको यस दिन जम्मा एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँको मात्र कारोबार भएको छ । यस दिन सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.२७ प्रत