काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित भएका छन् । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्कृतिविद् जोशीलाई सम्मान गरेको हो । २८ औं वर्ष प्रवेश गरेको अवसरमा बैंकले नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनमा अतुलनीय भूमिका निर्वाह गरेका जोशीलाई सम्मान गरेको हो । उनको निवास बखुम्बहाल, ललितपुरमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक […]
काठमाण्डाै – संस्कृतिविद् सत्यमाेहन जाेशीले महाकाव्य 'दङ्गि उर्वशी' काे विमाेचन गर्नुभएकाे छ । कवि डा. गाेविन्द आचार्यले लेख्नुभएकाे महाकाव्यकाे जाेशीले हिजाे साेमवार विमाेचन गर्नुभएकाे हाे ।
ललितपुरकाे आफ्नै निवासमा महाकाव्य विमाेचन गर्दै संस्कृतिविद् जाेशीले इतिहास, साहित्य र संस्कृति हाम्रा वैभव भएकाे बताउनुभयाे । विमाेचित महाकाव्यमा पनि मिथक संस्कृतिकाे प्रयाेग भएकाेमा आफूलाई खुसी लागेकाे उहाँले बताउनुभयाे ।
अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरले आयाेजना गरेकाे कार्यक्रममा समाजकी अध्य...
स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन् । ललितपुरको ग्वार्काेस्थित किष्ट अस्पतालमा गत साता भर्ना भएका जोशी आज पाटनस्थित निवासमा फर्किएको उनका भतिज अजर जोशीले जानकारी दिए।राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना गरेका थिए ।
राष्ट्रपति भण्डारीका तर्फबाट उनका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरु संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा आज पुगेर स्वास्थ्यलाभको कामना गरेकी हुन्।...
काठमाडौं- अस्वस्थ भई उपचारका लागि ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना गरिएका संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको छ। किस्ट अस्पतालका सिइओ अमिश पाठकका अनुसार मंगलबार अस्पताल भर्ना गरिएका जोशीको स्वास्थ्यमा बुधबारसम्म उल्लेख्य सुधार आएको छ। ‘इको कार्डियोग्रामको रिपोर्टअनुसार उनको मुटुको चालमा सामान्य समस्या देखिएको छ, त्यही भएर चिकित्सकको निगरानीमा हुनुहुन्छ,’ उनले भने। अस्पतालका अनुसार उनको […]
सरकारले संस्कृतिविद् सत्यमोहन जोशीका नाममा सार्वजनिक विद्यालय स्थापना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनामा सरकारले जोशीका नाममा विद्यालय स्थापनाका लागि तयारी सुरु गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले...