२१ असोज, बुटवल । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडापखालाबाट प्रभावित क्षेत्रको पानीमा कोलिफर्म ब्याक्टेरिया फेला परेको छ । संघीय प्रयोगशाला बुटवलमा पानी परीक्षण गर्दा अत्याधिक मात्रामा कोलिफर्म ब्याक्टेरिया फेला परेको शिवराज अस्पताल, कपिलवस्तुका निमित्त सुपरिटेण्डेन्ट डा. मुकेश चौधरीले जानकारी दिए । ‘पानी परीक्षणको रिपोर्टमा अत्याधिक मात्रामा कोलिफर्म ब्याक्टेरिया पाइएको छ,’ डा. चौधरीले भने । कोलिफर्म ब्याक्टेरिया […]