आईपीएलमा यी खेलाडीको कमाइ ४० गुणा बढ्यो, अब कति पारिश्रमिक ?

इन्डियन प्रिमियर लीग (आईपीएल) मा खेल्ने खेलाडीको कमाइ ह्वात्तै बढेको छ । केही खेलाडीको कमाइ ४० गुणासम्म बढेको पाइएको छ । अघिल्लो सिजनमा नेपाली रुपैयाँ ३२ लाखमा खेलेका वेङ्कटेश अय्यरको यसपालिको कमाइ १२ करोड ८० लाख रुपैयाँ पुगेको छ । खेलाडी छनोटमा कोलकाता नाइट राइडर्सले अय्यरलाई सर्वाधिक पारिश्रमिक बढाउँदै टीममा राखेको छ । अय्यरले आईपीएल–२०२१ को दोस्रो भागमा धमाका मच्चाएका थिए । यूएईमा भएको खेलमा अय्यरले १० खेलमा ३७० रन बनाएर टीमलाई प्लेअपसम्म पुर्‍याएका थिए ।

सम्बन्धित सामग्री

क्रिकेट खेलाडीको पारिश्रमिक बढ्यो, कसको कति पुग्यो ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला तथा पुरुष क्रिकेट खेलाडीको पारिश्रमिक बढाएको छ । मंगलबार बसेको क्यान बोर्ड बैठकले यही अप्रिल १ देखि लागू हुनेगरी राष्ट्रिय टिमका खेलाडी, मैदान कर्मचारी, मैदान कार्यलय सहयोगी, टीयू मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो । सेन्ट्रल कन्ट्याकमा रहेका पुरुष खेलाडीहरूको मासिक १० हजारका […]