टेकनाथ सापकोटानिर्वाचन व्यवस्थापन निकायलाई लोकतन्त्रको सवलीकरणका लागि महत्त्वपूर्ण निकायको रुपमा लिने गरिन्छ। निर्वाचन व्यवस्थापन निकायले निर्वाचनसँग प्रत्यक्ष र कानुनी शासनको विषयमा अप्रत्यक्ष रूपमा कार्य गर्दछ।अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा मुख्यतः स्वतन्त्र निर्वाचन व्यवस्थापन निकाय, मिश्रित निर्वाचन व्यवस्थापन निकाय र प्रशासनिक निर्वाचन व्यवस्थापन निकाय गरी तीन प्रकारका निकाय प्रचलनमा रहेको पाइन्छ। केही मुलुकमा न्यायिक र सरकार मातहतको निर्वाचन व्यवस्थापन निकायको अभ्यास गर्ने गरिएको भए पनि