जग्गा पास गर्दा जान्नैपर्ने केही नियम

काठमाडाैं । सामान्यतया हामी घरजग्गा पास गर्ने विषयमा कुनै पनि जानकारी लिन चाहँदैनौं । जग्गा पास गर्ने भन्नासाथ हामी वकिल वा लेखनदासकहाँ पुगिहाल्छौं र उनले जे–जे भन्छन्, त्यसै गर्दै जान्छौं । यो आमनेपालीको प्रवृत्ति हो । यस विषयमा पहिले नै केही जानकारी भए त्योअनुसार तयारीमा लाग्न सजिलो हुन्छ । यदि त्यसको ज्ञानबिना मालपोत कार्यालयमा पुग्यौं भने आफूले सोचेभन्दा फरक हुन सक्छ । अनि, कामको दोहोरोपन र समयको बर्बादी हुन जान्छ । यही विषयलाई दृष्टिगत गरी यहाँ जग्गा बैना गर्नेदेखि लिएर राजस्वसम्मको ज्ञान पस्किने प्रयास गरिएको छ । सर्वप्रथम जग्गा किन्ने विषय टुंगिएपछि जग्गा पास गर्ने सुरुआतलाई बैना गर्ने भनिन्छ । बैना पनि दुई किसिमले गरिन्छ– टोकन बैना र राजीनामा बैना । टोकन बैनामा लिखत नगरी सीधै मालपोत कार्यालयमा गएर पास गर्ने प्रक्रिया हो । राजीनामा बैनामा जग्गा लेनदेनसम्बन्धी सम्पूर्ण विवरणसहित तमसुक (लिखत) तयार पारिन्छ र बैनाको रूपमा केही रकम दिइन्छ । लिखत गरेको ३५ दिने हदम्यादभित्र जग्गा पास गर्ने नियम छ । मालपोत कार्यालयमा जग्गा पास गर्ने पहिलो प्रक्रिया हो, तमसुक वा लिखत । लिखतका आधारमा सबै प्रक्रिया पूरा गरिने भएकाले सबै कुरा स्पष्ट उल्लेख गरिन्छ । यसमा प्रमुख विषय राजस्वको हुन्छ । राजस्व थैली वा जग्गा खरिद मूल्यको आधारमा हुन्छ । राजस्वको मूल्यांकन सरकारी न्यूनतम मूल्यांकनको आधार र बाहिर चलनचल्तीको आधारमा गरिने चलन छ । राजस्व बुझाउँदा सरकारी न्यूनतम मूल्यांकनभन्दा कम हुने गरी घटाउन पाइँदैन । तर, त्यसभन्दा बढी जति पनि बुझाउन पाइने नियम छ । साथै, एक पटक कारोबार भएको थैली अंक कम मूल्यांकन कायम गरी लिखत पारित गर्न पाइने छैन । जग्गाको सरकारी मूल्यांकन महानगरपालिका, नगरपालिका, गाउँपालिकाभित्रका पक्की सडक, कच्ची सडक, भित्री सडकको आधारमा गरिएको छ । प्रदेश सरकारले राजस्व उठाउन प्रत्येक आर्थिक वर्षका लागि आर्थिक ऐन लागू गरेको हुन्छ । त्यसैगरी जग्गाको न्यूनतम मूल्यांकन पनि तयार गरिएको हुन्छ । यसमा विभिन्न स्थान वा क्षेत्रको फरक फरक मूल्यांकन गरिएको हुन्छ । त्यसैको आधारमा राजस्व निर्धारण गरिएको हुन्छ । घरजग्गाको रजिस्ट्रेसन शुल्क, सेवाशुल्क र शुल्क छुट पाउने आदिसम्बन्धी बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०७८ को सामान्य जानकारी दिने जमर्को गरिएको छ । राजीनामा, सट्टापट्टा र सगोलनामाको लिखतको थैली अंकमा महानगरपालिकाभित्र ५ प्रतिशत, उपमहानगरभित्र ४.५ प्रतिशत र पालिकाभित्र ३ प्रतिशत रजिस्ट्रेशन शुल्क तोकिएको छ । जग्गाधनी दर्ता स्रेस्ताको प्रमाणित प्रतिलिपिका लागि सबै पालिकामा एउटै मूल्य १ सय रुपैयाँ तोकिएको छ भने जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपिका लागि महानगरपालिकामा २ हजार, उपमहानगरमा १ हजार ५ सय र गाउँपालिकामा १ हजार रुपैयाँ शुल्क तोकिएको छ । जनआन्दोलन पहिलो, दोस्रो, जनयुद्ध र मधेस आन्दोलनमा सहादत प्राप्त गरेका सहिदका आश्रित पति, पत्नी, छोरा र छोरी तथा माता–पिताको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा यस ऐनवमोजिम लाग्ने सबै प्रकारको दस्तुर र शुल्क पूर्ण रूपमा छुट हुने व्यवस्था छ । अपांगता भएका व्यक्ति, दलित एवं पिछडिएका तथा अल्पसंख्यक, सीमान्तकृत जाति भनी स्थानीय तहबाट प्रमाणित भएको सिफारिस वा आधिकारिक प्रमाणको आधारमा तिनको नाममा स्वामित्व प्राप्त हुँदा यस ऐनवमोजिम असुल गरिने घरजग्गा रजिस्ट्रेसन शुल्कमा २५ प्रतिशत छुट हुने व्यवस्था छ । महिला, ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक र नाबालकको नाममा जुनसुकै प्रकारबाट स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा यस ऐनबमोजिम लगाइएको रजिस्ट्रेसन शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । तर, एकल महिलाको हकमा भने ३५ प्रतिशत छुट हुनेछ । गाउँपालिकाको क्षेत्रभित्रको जग्गामा महिलाको नाममा जुनसुकै प्रकारबाट स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा यस ऐनबमोजिम लगाइएको रजिस्ट्रेसन शुल्कमा ३५ प्रतिशत छुटको व्यवस्था छ । एउटै कारोबारबाट २० लाख रुपैयाँ वा सोभन्दा माथिको घर वा जग्गा खरिद–बिक्री गर्दा क्रेताले बैंकबाट भुक्तानीका लागि योग्य (गुड फर पेमेन्ट/बैंक ग्यारेन्टी/ई–पेमेन्ट/राष्ट्र बैंकको निर्देशिकाबमोजिम) भनी छाप लागेको चेकको फोटोकपी पेश गरेपछि वा बिक्रेताको नाममा बैंकमा रहेको खातामा रकम जम्मा गरेको बैंक भौचरको फोटोकपी पेस गरेपछि मात्र मालपोत कार्यालयले लिखत पारित गर्नेछ । पति, पत्नीको संयुक्त नाममा पारित हुने लिखतमा महिलासरह रजिस्ट्रेसन शुल्क छुट दिइने व्यवस्था छ । यो आर्थिक ऐन प्रदेश सरकारले आफ्नो क्षेत्र र भौगोलिक अवस्थाअनुसार फरक–फरक निर्धारण गरिएको छ । यसैको आधारमा घरजग्गाको विविध शुल्क निर्धारण गरिएको हुन्छ । मालपोतमा पहिलेजस्तो सीधै नगद बुझाउने चलन बन्द गरिएको छ । नयाँ व्यवस्थाअनुसार कुनै पनि राजस्व दाखिला गर्न मालपोत कार्यालयको नाममा रहेको बैंक खातामा तोकिएको रकम जम्मा गरेको सक्कल भौचर लिखतसँगै संलग्न राखी पेस गर्नु पर्छ । त्यसपछि मात्र आवश्यक कार्यका लागि सम्बन्धित शाखामा फाइल अगाडि बढाइन्छ । साथै, छुट पाउने व्यक्तिले त्यो पुष्टि गर्ने कागजात पेस गर्नु अनिवार्य छ ।

सम्बन्धित सामग्री

विद्यालयको जग्गा एकातिर, पास अर्कैतिर

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको पञ्चमीस्थित रोशाभञ्ज्याङ प्राविको नाममा फरक कित्ताको जग्गा पास भएको खुलेको छ। २०४५ सालमा स्थापना भएको विद्यालयलाई स्थानीय ओमबहादुर थापा (राजन)ले निःशुल्क एक रोपनी जग्गा उपलब्ध गराएको तर पास गर्नेबेला अर्कै ठाउँको जग्गा पास भएको खुलेको हो। जग्गा दाता थापाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर विद्यालय सञ्चालन हुँदै […]

जग्गा धनिपुर्जामा छ,नक्शामा छैन

जिल्लाको हिलिहाङ र कुम्मायक गाँउपालीकामा मालापोत कार्यालय पाँचथरले घुम्ती शिविर मार्फत जग्गा पास लगायतका काम गरेपनि किताकाट हुन सर्वसाधारण नागरिकलाई समस्या भोग्नु परेको छ।...

महिलाको नाममा जग्गा पास गर्ने बढ्दै, ५१ करोड बढी राजस्वमा छुट

झापा । राज्यले पुरुषहरुलाई भन्दा २५ प्रतिशत महिलालाई जग्गा खरिद विक्रीमा राजस्व छुट दिएसँगै महिलाका नाममा जग्गा पास गर्नेको संख्या जिल्लामा बढेको छ । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरको आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अध्ययन गर्दा सो देखिएको हो । एक वर्षको अवधिमा ११ हजार ६७९ महिलाको नाममा जग्गा नामसारी गर्दा ५१ करोड ४२ लाख […]

महिलाको नाममा जग्गा पास गर्दा दुई करोड राजस्व छुट

तनहुँ– मालपोत कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा महिलाको नाममा जग्गा पास गर्दा दुई करोड ८८ लाख २३ हजार पाँच सय आठ राजस्व छुट भएको छ । मालपोत कार्यालयमा चार हजार दुई सय ५७ महिलाको नाउँमा जग्गा नामसारी गर्दा उक्त राजस्व छुट भएको हो । सहरी क्षेत्रका तीन हजार ११ र ग्रामीण क्षेत्रका एक हजार […]

महिलाको नाममा भु–स्वामित्व बढ्दै, एक वर्षमा ५ हजार बढी जग्गाका मालिक

‘यो प्रावधान नहुँदासम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास गराइन्थ्यो भने अहिले धमाधम महिला कै नाममा जग्गा पास भइरहेको छ।’ भुमीसधार तथा मालपोत कार्यालय तौलिहवाका प्रमुख रिषिराम पौडेलले ले भने ‘अहिले मालमा महिलाको भीड नै लाग्ने गरेको छ।’...

रोल्पामा महिलाको नाममा जग्गा पास गर्ने बढे

६ साउन, रोल्पा । रोल्पाका महिलाहरुमा सम्पत्ती माथिको पहुँच बढ्दै जान थालेको छ । जग्गा खरिद गर्दा महिलाको नाममा रजिष्ट्रेशन पास गर्ने क्रम बढ्दै जान थालेसँगै सम्पत्तीको मालिक बन्ने महिलाको संख्या पनि बढ्दै जान थालेको हो । वितेका तीन वर्षमा मालपोत कार्यालय रोल्पामा पारित भएका लिखतको तथ्यांकले पनि रोल्पाका महिलाहरुमा सम्पत्तीमाथिको पहुँच बढ्दै गएको देखाएको […]

वृद्धभत्ताको लोभ देखाएर जग्गा पास गराउने पक्राउ

संखुवासभा – संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्रङकी ७५ वर्षीया बिममायाँ तामाङलाई वृद्धभत्ता दिलाई दिने आश्वासनमा २७ रोपनी जग्गा पास गर्ने ७ जना पक्राउ परेका छन् ।जग्गा किर्ते गरि झुक्याएर पास गर्ने ७ जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले (आज) शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । जग्गा किर्ते काण्डमा संलग्न भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष ३५ वर्षीय किङसाङ भोटे, त्यही वडाका स्थानीय ३० वर्षीय सुरेन्द्र तामाङ, २१ वर्षीय कल्पना भोटे, २० वर्षीय ङिमा लाजुङ भोटे, मालपोत कार्यालय खाँदबारीका नायव स...

राजस्व छुटको व्यवस्थाले महिलाको नाममा जग्गा पास गर्ने बढे

खलङ्गा– राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ। चालु आर्थिक वर्षमा १२५ जना महिलाका नाममा जग्गापास भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ। जिल्लाका सात गाउँपालिकाका ५४ र एक नगरपालिकाका ७१ महिलाका नाममा जग्गा रजिस्ट्रेसन भएको कार्यालयका प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए। ‘गाउँपालिकाभन्दा नगरपालिकाका महिलाका नाममा बढी जग्गा रजिस्ट्रेसन भएको छ,’ कार्यालय […]

महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै

जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको  पाइएको छ ।  चालू आर्थिक वर्षको हालसम्म १२५ जना महिलाको नाममा जग्गा पास भएको  पाइएको हो । चालु आर्थिक वर्षमा ८६० वटा लिखत हुँदा त्यसमा १२५ जना महिलाको नाममा लिखत पाएको भएको जिल्ला मालपोत कार्यालय जुम्लाले  जनाएको छ ।जुम्लाका सातवटा गाउँपालिकाका ५४ जना र नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन भएको मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्रबहादुर  रोकायाले बताए । उनले भने, ‘गाउँपालिकाभन्दा नगरपालिक

एक व्यक्तिको जग्गा अर्को व्यक्तिलाई बेचेको आरोपमा मालपोतका कर्मचारी पक्राउ

आधिकारिक जग्गा धनीको बिना अनुमतिमा बिना नै अर्काको नाममा जग्गा पास गरेको आरोपमा मालपोत कार्यालय सुर्खेतका एक जना कर्मचारी पक्राउ परेका छन् ।  सुर्खेतको वीरेन्द्रनगर– ६ मा सौगात रावतको नाममा रहेको...