जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको पाइएको छ । चालू आर्थिक वर्षको हालसम्म १२५ जना महिलाको नाममा जग्गा पास भएको पाइएको हो । चालु आर्थिक वर्षमा ८६० वटा लिखत हुँदा त्यसमा १२५ जना महिलाको नाममा लिखत पाएको भएको जिल्ला मालपोत कार्यालय जुम्लाले जनाएको छ ।जुम्लाका सातवटा गाउँपालिकाका ५४ जना र नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन भएको मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए । उनले भने, ‘गाउँपालिकाभन्दा नगरपालिक