नेपाली मुद्रा ६.६४ प्रतिशतले अवमूल्यन

गएको एक वर्षमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६.६४ प्रतिशतले अवमूल्यन भएको छ । आर्थिक वर्ष २०७८/७९ को अन्तिम वित्तीय रिपोर्ट सार्वजनिक गरेको राष्ट्र बैंकले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६.६४ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्ष नेपाली रुपैयाँ १.१ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७९ असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२७.५१ रुपैयाँ पुगेको छ । यस्तो विनिमयदर २०७८ असार मसान्तमा १ अमेरिकी डलर बराबर

सम्बन्धित सामग्री

नेपाली मुद्रा अवमूल्यनबाट प्रभाव

पछिल्ला केही दिनमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भइरहेको विनिमय दरलाई लिएर सर्वसाधारणमा ठूलो चिन्ताको विषय बनेको छ । जब हामी विदेशी व्यापारमा असन्तुलन पूरा गर्ने उद्देश्यका लागि विदेशी सञ्चिति कायम गर्ने कुरा गर्छौं भने हाम्रो अर्थ व्यापारको सामान्य ढाँचाबाट उत्पन्न हुने असन्तुलन हो । विगत केही महिनादेखि नेपाली रुपैयाँ लगातार अवमूल्यन भइरहेको छ […]

कमजोर बन्दै नेपाली रुपैयाँ: अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो । […]

नेपाली मुद्रा इतिहासकै कमजोर अवस्थामा, मूल्यवृद्धि आकासिने

काठमाडौं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रवार एक अमेरीकी डलरलाई खरिद गर्न १२९.०८ रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । डलर महँगो हुनु भनेको डलरसँग नेपाली मुद्राको अवमूल्यन (डिप्रिसियसन) हो । अहिले नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा इतिहासकै सबैभन्दा कमजोर अवस्थामा छ । नेपालको अर्थतन्त्र आयातमुखी […]

एक वर्षमै नेपाली मुद्रा ९ रुपैयाँ कमजाेर

आर्थिक वर्ष ०७८/७९मा अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) ९ रुपैयाँ ७ पैसाले कमजोर भएको छ । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्राको मूल्य घटेको हो । २०७८ असारको तुलनामा गत असार मसान्तसम्म नेपाली रुपैयाँको भाउ करिब ७.६१ प्रतिशतले अवमूल्यन (घटेको) भएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

नेपाली मुद्रा इतिहासकै कमजोर

अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरका लागि १२८.११ रुपैयाँ तिर्नुपर्ने भएको छ । यो हालसम्मकै उच्च हो । ०७८ असार मसान्तको तुलनामा ०७९ असार २७ मा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाली रुपैयाँ इतिहासमै सबभन्दा कमजोर

नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा इतिहासमै सबभन्दा कमजोर बनेको छ । नेपाली रुपियाँको अवमूल्यन हुने क्रममा अमेरिकी डलरको मूल्य बुधबार १२५.२२ रुपियाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । यसले गर्दा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको छ । बुधबारका लागि नेपाल राष्ट्र बैङ्कले एक अमेरिकी डलरको विनिमय दर १२५.२२ रुपियाँ (बिक्री दर) तोकेको थियो । यसअघि …

कमजोर बन्दै नेपाली मुद्रा

नेपाली रुपियाँको अवमूल्यन हुने क्रम रोकिएको छैन । पछिल्लो समय निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्य सोमबार १२५.२२ रुपियाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । यसले गर्दा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको छ ।

बलियो हुँदै नेपाली मुद्रा

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।

बलियो हुँदै नेपाली मुद्रा

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको खरीद मूल्य ११९ रुपैयाँ १० पैसा थियो, त्यो आज (बुधवार) सम्म आउँदा १ रुपैयाँ ९९ पैसाले घटेर ११७ रुपैयाँ ११ पैसामा कायम भएको छ ।बिहीवारका लागि डलरको खरीद दर भने ११६ रुपैयाँ ५१ पैसा तोकिएको छ । मंगलवार डलरको विक्री मूल्य ११७ रुपै

बलियो हुँदै नेपाली मुद्रा

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको खरीद मूल्य ११९ रुपैयाँ १० पैसा थियो, त्यो आज (बुधवार) सम्म आउँदा १ रुपैयाँ ९९ पैसाले घटेर ११७ रुपैयाँ ११ पैसामा कायम भएको छ । बिहीवारका लागि डलरको खरीद दर भने ११६ रुपैयाँ ५१ पैसा तोकिएको छ । मंगलवार डलरको विक्री मूल्य ११७ रुपैयाँ ५२ पैसा र खरीद मूल्य ११६ रुपैयाँ ९२ पैसा रहेको थियो । नेपाली रुपैयाँ पछिल्लो २ महीनायताकै बलियो भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले पछिल्ला दिनहरूमा डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको बताए । डलरको तुलनामा भारतीय मुद्रा बलियो हुँदा नेपाली मुद्रा पनि बलियो भएको उनको भनाइ छ । ‘विभिन्न कारणले पछिल्लो समय भारतीय मुद्रा डलरको तुलनामा बलियो हुँदै गएको छ । त्यसको असरले नै नेपाली मुद्रा बलियो भएको हो,’ उनले भने, ‘तर, अबको दिनमा कस्तो हुन्छ भनेर भन्न सकिँदैन । भारतीय मुद्रा बजार कस्तो हुन्छ, त्यसले नै निर्धारण गर्छ ।’ डलरको तुलनामा भारतीय रुपया (भारू) बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो भएको हो । नेपाली रुपैयाँको विनिमय दर भारूसँग आबद्ध पेग्ड गरिएको छ । त्यसले गर्दा भारू बलियो हुँदा नेपाली मुद्रा पनि बलियो भई डलरको मूल्य घट्छ । त्यसैगरी भारू कमजोर हुँदा नेपाली रुपया स्वतः कमजोर भई डलरको मूल्य बढ्ने हुन्छ । मंगलवार डलरको मूल्य ९० दशमवल ७० भारू रहेको थियो । भारतीय शेयरबजारमा वृद्धि र डलरको अरू मुद्रासँग दर घटेर यस्तो भएको बताइएको छ । साथै, गत शुक्रवार अमेरिकी केन्द्रीय बैंक प्रणालीका अध्यक्ष जेरमी पोवेलले ब्याजदर कमै राख्ने संकेत दिएका छन् । त्यसका कारण पनि भारतीय मुद्रा बलियो भएको बताइएको छ । त्यसमाथि पछिल्लो समय भारतीय क्यापिटल मार्केट बढ्दो क्रममा नै छ । भारतबाट हुने निर्यात पनि बढ्दै गएको छ । त्यसको असरले पनि भारतीय मुद्रा बलियो भएको र नेपाली मुद्रा पनि बलियो भएको बताइएको छ । डलरको मूल्य सस्तो भएसँगै आयात पनि सस्तो हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । साथै, नेपालले तिर्ने विदेशी ऋण पनि सस्तो पर्ने उनको भनाइ छ । ‘तर, विप्रेषण आप्रवाहमा भने नकरात्मक असर पुग्छ । साथै, निर्यात गर्दा पनि नेपाली मुद्राको तुलनामा कम विदेशी मुद्रा आउने हुन्छ ।’