काठमाडौं । विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ (सेभ सोइल) अभियानअन्तर्गत नेपाल सरकारसँग यही १७ भदौ अर्थात २ सेप्टेम्बरमा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालय र माटो जोगाऔँ (कन्सियस प्लानेट) बीच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हस्ताक्षर हुने निश्चित भएको हो । ‘माटो जोगाऔँ’ अभियान माटोको […]