विवादपछि वीरगन्ज महानगरले टेलिकमको गेटमै फालिदियो ७ ट्याक्टर फोहोर

वीरगन्ज महानगरपालिका र श्रीपुरस्थित नेपाल टेलिकमको प्रादेशिक कार्यालयबीच विवाद चुलिएको छ । महानगरका विभिन्न क्षेत्रमा सेवा विस्तारका क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको भन्दै मंगलबार बिहान महानगरपालिकाले सहरबाट संकलित फोहोर टेलिकम कार्यालय परिसरमा फालिदिएको हो ।

सम्बन्धित सामग्री

दुध उत्पादनमा औजारीकरण : चितवनका किसानलाइ दूध दुहुने र घाँस काट्ने मेसिन वितरण

साउन १५, चितवन । किसानलाई दूध उत्पादनमा औजारीकरण र व्यवसायीकरण गर्न दूध दुहुने मेसिन र घाँस काट्ने मेसिन वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले यहाँका ३८ जना दुग्ध उत्पादक किसानलाई उक्त औजार वितरण गरेको हो ।  किसानहरुलाई वितरण गरिएको दूध दुहुने मेसिन र घाँस काट्ने मेसिनले किसानलाई धेरै सहजता दिलाउने महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले बताए ।  किसानका सबै माग र आवश्यकतालाई आफूहरुले नीति तथा कार्यक्रममा पारेर पारित गरेर लैजाने उनको भनाइ छ । कृषिको विकासबाट पनि नै महानगरको विकास र समृद्धि हासिल गर्न मदत पुग्ने भन्दै उनले आफूहरु किसानसँग सहकार्य र हातेमालो गर्दै अघि बढ्ने बताए ।  महानगर प्रमुख रेनु दाहालले कृषिमा आधुनीकिकरण, औजारीकरण र व्यवसायीकरण गरी किसानलाई दूध उत्पादनमा आकर्षित गराउने उद्देश्य सहित औजार वितरण गरिएको बताइन् ।  कृषिमा यान्त्रिकरण र व्यवसायीकरण गर्न महानगर लागिहरेको भन्दै दाहालले उत्पादन लागत घटाउँदै किसानलाई कृषिमा आत्मनिर्भर बनाउनु महानगरको योजना रहेको बताइन् । कृषि कर्ममा लाग्ने किसानलाई व्यवसायीकरण गर्न कार्यविधि बनाएर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको  दाहालको भनाइ छ । पहुँचको भरमा अनुदान खाने तर वास्तविक किसानले नपाउने अवस्था सृजना हुन नदिन कार्यविधिले महत्वपुर्ण भुमिका खेल्ने उनले बताइन् ।  युनिक गाई पालन फार्म भरतपुरका किसान एवम् राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालका केन्द्रिय अध्यक्ष आनन्द न्युरेले आफूहरुले धेरै वर्ष पछि बल्ल राहतको अनुभूति गरेको बताए । महानगरका किसानहरुको आत्मबल विकाससँगै किसानलाई यान्त्रिकरण र व्यवसायीकरणमा जोड दिनुपर्ने दायित्व सरकारको रहेको उनको भनाइ थियो ।  महानगरले किसानलाई धान रोप्ने मेसिन, कृषि कर्ममा प्रयोग हुने ट्याक्टर, घासकाट्ने मेसिनदेखि दूध दुहुने मेसिन हस्तान्तरण गरिसकेको छ । हाल महानगरले दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान यसै वर्षदेखि लागू गरेको छ ।

भरतपुर महानगरद्वारा ७ ओटा कृषि फार्मलाई ट्याक्टर हस्तान्तरण

असार १५, चितवन । चितवनका सात ओटा कृषि फार्मले उच्च क्षमताको ट्याक्टर पाएका छन् ।  भरतपुर महानगरले कृषिमा आधुनिकीकरण र उत्पादन क्षमतामा वृद्धि होस भन्ने  योजनासहित छ ओटा ट्याक्टर र एक ओटा हाते ट्याक्टर हस्तान्तरण गरेको हो  । महानगरको परिसरमा एक कार्यक्रमका बीच  महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वति शाह ठकुरीले कृषि फार्मका किसानहरुलाई ट्याक्टर हस्तान्तरण गरेका हुन् । ५० हर्स पावरको उच्च प्रविधिको ट्याक्टर पाउनेमा महानगरको कैलास कृषि विकास कृषक समूह, बिमल एग्रो फर्म एण्ड रिर्सच सेन्टर, कमलपोखरी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था, अमृत किसान बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड, हिम शिखर कृषि सहकारी संस्था  र उन्नत बिज बृद्धि कृषक समूह रहेका छन्  । यस्तै  रिजन कृषि तथा पशुपक्षी फर्मे हाते ट्याक्टर प्राप्त गरेको छ । ट्याक्टरमा, हाईरो, कल्टिभेटर र रोटाभेटर मेत उपलब्ध गराइएको  छ । प्रतिट्याक्टर १६ लाख ५२ हजार रुपैयाँ लागत मूल्य रहेको र महानगरले प्रतिट्याक्टर ८ लाख रुपैयाँ अनुदान दिएको महानगरका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए  । महानगरमा आवेदन परेका कृषि फार्म र समुहलाई छनौट गरी थप पाँच ओटा ट्याक्टर अनुदानमा उपलब्ध गराइने उनले बताए । आइतवार मात्रै महानगरले एउटा  फार्मलाई धान रोप्ने उच्च प्रविधिको मेसिन हस्तान्तरण गरेको थियो ।  केहीदिनमै पाँच ओटा फार्मलाई धान रोप्ने, प्रशोधन गर्ने र विद्युतीय डाएर मेशीन वितरण गरिने पौडेलको भनाइ छ ।  उक्त समारोहमा महानगर प्रमुख  दाहालले महानगरपालिले कृषिलाई  विगतका बर्षदेखि उच्च प्राथमिकतामा राख्दै आएको बताउंँदै कृषि क्षेत्रको विकासका लागि यान्त्रिकिकरण र आधुनिकिकरणमा जोड दिएको बताइन् । कृषि पेशामा अगाडी बढ्न यो कार्यक्रमले किसानलाई उत्प्रेरणा दिने बताउँदै दाहालले सिंचाइका लागि बोरिङ निर्माणमा उत्तिकै प्राथमिकता दिएको उनले बताइन् ।  युवालाई  कृषि कर्ममा आकर्षण गर्न आगामी आर्थिक  वर्षमा पनि कृषिका लागी पर्याप्त बजेट विनियोजन गरिएको  उपप्रमुख पार्वती शाह ठकुरीले बताइन् । आगामी आर्थिक वर्षको बजेटमा प्रतिलिटर दूधमा ३ रुपैयाँ अनुदान दिएको बताउँदै उनले चितवन जिल्लालाई व्यावासियक र कृषिको हबको रुपमा विकसित गर्ने लक्ष्य रहेको उनको भनाइ थियो ।