अर्थका दुवै सचिवलाई जिम्मेवारीमुक्त गर्न माग गर्दै परेको रिट न्यायधिश रेग्मीको इजलाशमा

अर्थ मन्त्रालयका दुवै सचिवलाई जिम्मेवारीबाट मुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी न्यायधिश कुमार रेग्मीको इजलाशमा तोकिएको छ । यस मुद्दा उक्त इजलाशको ५ औ नम्बरमा तोकिएको छ ।अधिवक्ताहरु बाबुराम अर्याल, सरोजकृष्ण घिमिरे, लगायत ४ जनाले आज बिहिबार सर्वोच्चमा रिट दायर गरेका हुन् । बजेट निर्माणका क्रमको सीसीटिभी फुटेज डिलिट भएको र अर्थका २ सचिव पदमा रहिरहंदा उनीहरुले प्रमाण नष्ट गर्न सक्ने भन्दै उनीहरुलाई जिम्मेवारीबाट गरेर अनुसन्धान अगाडी बढाउँनको लागि माग गरिएको छ । अर्थ सचिव मधुकुमार मरासिनी र राज्शाव सचिव कृष्णहरु पुस्कर पदमा रहिरहेमा प्रमाण नष्ट गर्न सक्ने भन्दै उनीहरुलाई जिम्मेवारीबाट अलग गर्न माग गरिएको छ ।रिटमा गृह मन्त्रालय, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि विपक्षी बनाईएको छ । उक्त सीसीटिभी फुटेज सुरक्षित राख्नको लागि गृह मन्त्रालय, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई अन्तरिम आदेश दिन माग गरिएको छ। बजेट निर्माणको क्रममा जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दरहरु हेरफेर गरेको आरोप लागेको छ । यस विषयमा आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिइसकेका छन् । साथै यस विषयमा छानविन गर्न संसदीय विशेष समिति समेत बनेको छ । संसदीय विशेष समितिले हिजो अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको थियो । बुधबार अपरान्ह अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय सो संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सिसीटिभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो । त्यहाँको कार्यकक्षमा जडान गरिएको सिसीटिभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरुसँग जानकारी लिएर स्थलगत निरीक्षण गरेको थियो। निःवर्तमान अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिहरु सामेल गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । सोही घटनाको सत्यतथ्य बाहिर ल्याउन सो संसदीय विशेष छानवीन समिति गठन गरिएको हो। यो पनि : चाकडी र भनसुनबाटै उदाएका मरासिनी : राज्यबाट लाभ लिनेमा पहिलो, काम सधैं विवादित !

सम्बन्धित सामग्री

प्रेम प्रसादका माग पूरा गर्न इलामवासीहरूको माग

संघीय संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यका माग पूरा गर्न र उनलाई न्याय दिन इलामवासीले माग गरेका छन्।...

रानीपोखरीमा छठ मनाउन दिन माग समितिको माग

काठमाडौं, १२ कार्तिक । छठ समारोह समितिले छठ पर्व मनाउनका लागि कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन सरोकारवाला निकायसँग माग गरेको छ । खासगरी समितिले काठमाडौं महानगरपालिकालाई छठ मनाउनको लागि रानीपोखरीको ठाउँ उपलब्ध गराउन माग गरेको हो । आज (शनिबार) छठ समारोह समितिले रानीपोखरी परिसरमै पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । समितिले […]

मुलपानीको तलाउ बन्द गर्न स्थानीयको माग

स्थानीयले टीकापुर नगरपालिका–२ मुलपानीस्थित तलाउमा नुहाउने काम बन्द गराउन माग गरेका छन। नुहाउने क्रममा ज्यान जान थालेपछि स्थानीयले यस्तो माग गरेका हुन।...

स्थापितको उम्मेदवारी रद्दको माग गर्ने ४५ संस्थासँग स्पष्टीकरण माग

१९ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्ने ४५ संस्थालाई निर्वाचन आयोगले जवाफ माग गरेको छ । स्थापितलाई कारबाहीको माग गर्दा व्यक्त गरिएको शब्द निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आयोगले ती संस्थाहरुसँग जवाफ मागेको हो । ‘महिलाका विषयमा बोलिएको विषयलाई लिएर कारबाहीको माग गरिएको भनिएको छ । कारबाहीको माग गर्दा […]

माग पूरा गर्न बाख्रा पालन व्यवसायीको माग

नेपाल व्यावसायिक बाख्रा पालन महासंघले किसानलाई बेवास्ता गरेको गुनासो गरेको छ । महासंघले बाख्रा पालक किसानलाई राज्यको तर्फबाट बेवास्ता भएको भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आफूहरुले अघि सारेका माग सम्बोधन गर्न सरकारलाई सुझाव दिएको छ ।महासंघले आगामी वर्षको बजेटमा आफूहरुको माग सम्बोधन गर्न भन्दै विभिन्न सुझाव तथा माग अघि सारेको छ […]

किन बढिरहेको छैन बिजुलीको माग ?

पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको  देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ । साँझको समयमा गणना गरिने उच्च माग (पिक डिमाण्ड) त्यति भए पनि दिउँसो र रातको समयमा बिजुलीको माग उल्लेख्य रुपमा बढ्न सकेको छैन ।प्राधिकरणले एक हजार ८८९ मेगावाट घण्टा बराबरको बिजुली भारत निर्यात गरिरहेको छ । अघिल्लो सातादेखि प्राधिकरणले कूल ३९ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ ।प्राधिकरणले बिजुलीको खपत बढाउनका लागि उद्योगी व्यव

बूढीगण्डकी प्रभावितका माग पूरा गर्न कमला पन्तको माग

उनले आयोजना निर्माणमा सरकारले प्राथमिकता दिनुपर्ने र प्रभावितका माग सुनुवाइ गर्नुपर्नेमा जोड दिइन्।

सम्बोधन होला यातायात व्यवसायीको माग?

चाबी बुझाएको एक साता बितिसक्दा पनि सरकारी पक्षबाट माग सम्बोधन हुन नसकेको व्यवसायीहरूले बताएका छन्। उनीहरूले माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका थिए।

बिपी प्रतिष्ठानका कर्मचारीको माग सम्बोधन गर्न नर्सिङ संघको माग

नेपाल नर्सिङ संघले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुको माग सम्बोधन गर्न माग गरेको छ।