काठमाडौं । बंगलादेश र भारतले द्विपक्षीय व्यापारमा डलरको सट्टा भारतीय रुपया (भारु)मा भुक्तानी गर्ने निर्णय गरेका छन् । बंगलादेशको केन्द्रीय बैंक ‘बंगलादेश बैंक’ (बीबी)ले यस्तो बताएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । Dollar को भाउमा हुने उतारचढावले दुवै देशको मुद्राको भाउ तय गर्छ ।
तर, व्यापारमा भारुको प्रयोगको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा दुवै देशका बैंकबीच सहमति हुन बाँकी छ । फलतः सहमति भएको भए पनि तत्कालै Rupee भारुमा कारोबार भने सम्भव छैन । यसका लागि कम्तिमा ६ महीना लाग्ने Bangladesh Bank का कार्यकारी निर्देशक तथा प्रवक्ता मेजबाउल हकले भनेका छन् । आफूहरूले भारु चलाउन सैद्धान्तिक रूपमा सहमति दिएका अनि सबै प्रक्रिया अगाडि बढिरहेको उनले बताएका छन् ।
बैंकहरूलाई सबै ठीकठाक छ भन्ने लागेपछि उनीहरूले यो कार्यक्रम शुरु गर्ने बताइएको छ । भारु चलाउँदाको सहजता र अप्ठ्याराहरू त्यसपछि मात्रै थाहा हुने उनले बताए । तर विश्लेषकहरूले भारतसँगको व्यापारमा बंगलादेशले घाटा बेहोरिरहेकोले भारुमा कारोबारले पनि ऊ जोखिममै पर्ने विश्लेषण गरेका छन् ।
रुपैयालाई विश्वव्यापी मुद्रा (international currency)को रूपमा स्वीकार गरिएको छैन, त्यसैले डलरको तुलनामा भारतीय मुद्राको मूल्यमा निकै उतारचढाव आउने गरेको छ । भाउ अस्थिर रहँदा बंगलादेशसँगको कारोबारमाथि नै प्रभाव पर्न सक्ने चिन्ता अनुसन्धान संस्थान सेन्टर फर पलिसी डायलगका अनुसन्धान निर्देशक खान्दकार गोलम मुअज्जमले बीबीसी बंगलालाई भनेका छन् ।
रुस–युक्रेन युद्धको प्रभावपछि महँगी अकासिएपछि अमेरिकी केन्द्रीय बैंक Federal Reserve ले आक्रामक रूपमा ब्याजदर (Interest Rate) बढाउँदा डलर (Dollar)को भाउमा उल्लेख्य वृद्धि भएको छ । यसले बंगलादेश (Bangladesh) र भारत (India)को विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको छ । चर्को मूल्य तिरेर पनि डलर पाउन मुस्किल छ । यस्तो अवस्थामा डलरको दबाब कम गर्न बंगलादेश र भारतले सिधै टाका र भारुमा आयात–निर्यात गर्ने विचार गरेका हुन् ।
आफ्नै मुद्रामा कारोबार गर्ने यो पहल एक दशकअघि गरिएको थियो । तर, त्यसबेला विभिन्न जोखिमलाई विचार गरेर उक्त प्रस्ताव कार्यान्वयन हुन सकेन । गएको डिसेम्बरमा दुवै देशको मन्त्रिस्तरीय बैठकमा भारुमा व्यावसायिक कारोबार गर्ने प्रस्ताव आएको थियो । मार्चमा बंगलादेशको राष्ट्रिय आर्थिक परिषद्को बैठकमा पनि यस विषयमा छलफल भएको थियो ।
यस विषयमा छलफल गर्न अप्रिल ११ मा भारतको प्रतिनिधिमण्डल बंगलादेश गएको थियो । यसका सदस्यहरूले बंगलादेशका बैंकरहरूसँगको भेटमा टाका र भारुमा व्यावसायिक कारोबार गर्ने तरिकाबारे छलफल गरेका थिए । बंगलादेश बैंकका अनुसार यो कारोबार प्रारम्भिक रूपमा चारओटा बैंकमार्फत प्रायोग कार्यक्रमका रूपमा शुरु हुनेछ ।
यसमा बंगलादेशको सोनाली बैंक र इस्टर्न बैंक अनि भारतको स्टेट बैंक अफ इन्डिया र आईसीआईसीआई (ICICI) छन् । कारोबारका लागि भारतका दुवै बैंकले बंगलादेशका दुई बैंकमा खाता खोल्नेछन् भने ती बंगलादेशी बैंकले पनि भारतीय बैंकहरूमा खाता खोल्नु पर्नेछ । यसो गर्दा स्थानीय मुद्रालाई डलरमा रूपान्तरण गर्नु पर्ने झन्झट पनि रहने छैन । विनिमय दर सिधै टाकाबाट भारु वा भारुबाट टाका हुनेछ ।
अर्थात् बंगलादेशबाट भारत आउने वा भारतबाट कुनै पनि सामान आयात गर्नेले ती बैंकले तोकेको दरअनुसार बंगलादेशी मुद्रा टका जम्मा गर्न सक्नेछन् । बंगलादेश जाने वा बंगलादेशबाट आयात गर्ने भारतीयले भारतीय रुपयामै भुक्तानी गर्न सक्नेछन् । भारतसँगको पारस्परिक व्यापारमा यो पद्धति लागू भएमा छोटो समयमा नै कारोबार गर्न सकिने व्यापारीहरूको अपेक्षा छ ।
दुई देशबीचको व्यापारमा बंगलादेशले चरम घाटा बेहोरिरहेको छ । यस्तो अवस्थामा सैद्धान्तिक रूपमा भारु र टाकामा कारोबारको प्रस्ताव राम्रो देखिए पनि यसले भारतलाई फाइदा पुग्ने अनि बंगलादेशका लागि खतरा हुन सक्ने एकाथरि विश्लेषण छ । भारतले रुपयाको अन्तरराष्ट्रियकरण र अनि डलर सञ्चिति घट्न नदिने भारुमा कारोबारको नीतिलाई अगाडि बढाएको छ ।
बंगलादेशजस्ता भारतसँग उच्च व्यापार घाटा भएका देशलाई कस्तो फाइदा होला वा फाइदा होला कि नहोला भन्ने प्रश्न अनुत्तरित भएको अर्थविद् खण्डकार गोलाम मुअज्जम बताउँछन् । रुपया र टाकामा लेनदेन पछि कारोबार रुपयामा आधारित विनिमय संरचनामा स्विच हुने आशंका मुअज्जमको छ । यदि यस्तो भयो भने बंगलादेशमाथि भारुको उच्च दरमा प्रयोग गर्न दबाब बढ्ने चिन्ता उनले व्यक्त गरेका छन् ।
यसले भारतमाथिको निर्भरता झनै बढाउने निश्चित छ । बंगलादेशसँग मागको तुलनमा १२ देखि १३ प्रतिशत हाराहारी रुपया छ । यस्तो अवस्थामा भारतबाट ऋण लिएर वा अन्य देशसँगको व्यापार घटाएर वा डलरलाई रुपयामा परिणत गरेर यो व्यापारलाई निरन्तरता दिन बंगलादेश बाध्य हुनेछ ।
त्यसैले एकाथरि विश्लेषकहरू यसलाई राम्रो अवसर मान्न तयार छैनन् । रुपया–टाकाको व्यापार शुरु भएपछि स्थानीय सामानको व्यापारमा मात्रै सीमित नभई यात्रा, औषधि, शिक्षालगायत सेवा क्षेत्रमा असर पर्ने र बंगलादेशलाई जोखिममा पार्न सक्ने ती विश्लेषकहरूको छ । एजेन्सी