बंगलादेश र भारतले शुरु गरे भारुमा कारोबार

काठमाडौं । बंगलादेश र भारतले भारतीय रुपया (भारु)मा व्यापार गरेका छन् । मंगलवार दुई देशीय व्यापारमा भारुमा भुक्तानी भएको छ । विदेश व्यापारमा अमेरिकी डलरमाथिको निर्भरता कम गर्न र क्षेत्रीय मुद्रा अनि व्यापारलाई बलियो बनाउन सो पहल गरिएको छ । बंगलादेश विदेश व्यापारमा डलरबाहेक अन्य मुद्रामा भुक्तानी गरेको यो पहिलो पटक हो । भारुमा भुक्तानीलाई बंगलादेश बैंकका गभर्नर अब्दुर रौफ तालुकदेरले महान यात्राको पहिलो कदमको संज्ञा दिएका छन् । भारुमा व्यापार शुरु भएसँगै अब विस्तारै बंगलादेशी मुद्रा टाकामा पनि भुक्तानी शुरु हुनेछ । विनिमय दर भने बजारको माग र भुक्तानी प्रक्रियामा संलग्न बैंकहरूका आधारमा निर्धारण गरिने बताइएको छ । भारतसँगको विशाल व्यापार घाटाका कारण यो कदमले बंगलादेशलाई भने खासै फाइदा नहुने कयौं अर्थशास्त्रीहरूले बताइरहेका छन् । एजेन्सी 

सम्बन्धित सामग्री

भारतले बंगलादेशलाई किन यति धेरै महत्व दिइरहेको छ ?

काठमाडौँ- अघिल्लो हप्ता भारतको राजधानी नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा भारतले बंगलादेशी प्रधानमन्त्रीलाई पनि विशेष अतिथिका रुपमा आमन्त्रण गरेको थियो । बंगलादेश एकमात्र त्यस्तो छिमेकी देश रह्यो जसलाई भारतले जी–२० सम्मेलनमा यतिधेरै महत्व दियो । सेप्टेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासमा तीन देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गरे । जसमा अमेरिका […]

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल-बंगलादेश भिड्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज घरेलु टोली नेपाल र बंगलादेश आमने–सामने हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजे सुरु हुनेछ। महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनल भिड्न लागेका हुन्।  यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो।पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो। नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ। हालसम्म नेपालले बंगलादेशसँग ८

भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

२५ भदौ, काठमाडौं । भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । साविक विजेता भारतले शनिबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले पराजित गरेपछि भारतसँगै बंगलादेश पनि सेमिफाइनल पुगेका हुन् । बंगलादेशले शनिबार नै पाकिस्तानलाई ६-० ले हराएर लगातार दोस्रो जित निकालेको थियो । भारत र बंगलादेशले लगातार दुई […]

महिला साफ च्याम्पियनसिप: बंगलादेश र पाकिस्तान तथा भारत र माल्दीभ्स भिड्दै

काठमाडौँ – नेपालमा भइरहेकाे छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा शनिबार बंगलादेश र पाकिस्तान तथा माल्दिभ्स र भारत प्रतिस्पर्धा गर्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा बंगलादेश र पाकिस्तान भिड्दा साँझ ५:३० मा हुने खेलमा भारतले माल्दिभ्सको सामना गर्ने छ। पहिलो खेलमा पाकिस्तान भारतसँग ३-० ले पराजित भएको र बंगलादेश भने पहिलो खेलमा […]

बंगलादेशविरुद्ध बदला लिँदै भारतले जित्यो साफ यू-२० च्याम्पियनसिप

२० साउन, काठमाडौं । गुरकितर सिंह एक्लैले चार गोल गरेपछि घरेलु टोली भारतले बंगलादेश विरुद्ध बदला लिँदै साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई ५-२ ले पराजित गर्दै भारत लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ मा नेपालमा भएको च्याम्पियनसिपमा पनि भारतले बंगलादेशलाई नै हराएर […]

साफ यू-२० को फाइनलमा भारत र बंगलादेश भिड्दै

भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनल खेल आज शुक्रबार  हुँदै छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा साविक च्याम्पियन भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ।भारत घरेलु भुमिममा आफ्नो दबदबा कायम राख्ने ध्याउनमा हुँदा बंगलादेश पहिलो पटक उपाधि उचाल्ने ध्याउनमा रहेको छ। बंगलादेश शीर्ष स्थान रहँदै फाइनल पुग्दा भारत उपविजेताका रुपमा उपाधिनजिक पुगेको हो।त्यसोत बंगलादेशले समूहचरणमा भारतलाई हराएकाले बलियो आत्माविश्वासका साथमा मैदानमा रहने छ। तर भारतको पछिल्लो फर्मले बंगलादेशलाई सहज भने हुने

यु-२० साफ : उपाधिका लागि भारत र बंगलादेश भिड्दै

यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज  प्रतिस्पर्धा हुँदैछ । भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका हुन् । घरेलु टोली भारत समूह चरणमा भोगेको हारको बदला लिन चाहन्छ । यता, बंगलादेश प्रतियोगितामा अपराजित यात्रा काम गर्दै उपाधि जित्ने दाउमा छ । भारत प्रतियोगिताको साविक विजेता

नेपालको बिजुली बंगलादेश निर्यातका लागि सहजीकरण गर्न भारत तयार

३ चैत, काठमाडौं । नेपालमा उत्पादन भएको विजुली बंगलादेश निर्यातका लागि आफू सहजीकरण गर्न तयार रहेको भारतले जनाएको छ । केही दिन अगाडि ‘नेपालले भारत र बंगलादेशमा विजुली निर्यात गर्न सक्ने’ अभिव्यक्ति दिएका भारतका विदेश सचिव हर्षवर्द्धन श्रींगलाले सोमबार स्पष्टरुपमा नै नेपालबाट तेस्रो मुलुकमा विजुली निर्यातका लागि पारवहनको सुविधा दिन भारत तयार रहेको बताए । […]