तेहरानको इभिन कारागारमा शनिबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । थप चार कैदीको गम्भीर चोटका कारण अस्पतालमा मृत्यु भएको अर्ध सरकारी समाचार एजेन्सी तस्निमले सोमबार जनाएको छ । इरानी न्यायपालिकाको मिडिया सेन्टरलाई उद्धृत गर्दै बताइएअनुसार अन्य छ जनाको अझै अस्पतालमा उपचार भइरहेको छ।घटनाको रात कारागारका अधिकारी, प्रहरी बल र आपतकालीन कर्मचारीले ७० भन्दा बढी थुनुवालाई आगलागीबाट उद्धार गरेको प्रतिवेदनमा उल्लेख छ । यसअघिका रिपोर्टहरूका अनुसार वार्डमा कैदीहरूबीच चोरी र आर्थिक