दाङ – लामो समयसम्म खडेरी हुँदा दाङमा किसानले लगाएको मकै बाली सुक्न थालेको छन् । गाेड्नुपर्ने समयमा मकैका बोट खडेरीका कारण सुक्न थालेपछि किसान चिन्तित भएका छन् । समयमा पानी पर्न नसक्दा झन्डै तीन हप्ताअघि छरिएका मकै, तरकारीका बेर्ना बारीमै सुक्न थालेका छन् ।
खडेरीसँगै तापक्रम बढेपछि गोड्ने समय भएका मकैका बोट सुक्न थालेका हुन् । बारीमा रोपिएका मकैका बोट सुक्ने र ओइलिने गर्दा आफूहरू चिन्तामा परेको घोराही उपमहानगरपालिका–१२ हापुर तुलसीगञ्जका किसान बुद्धिराम शर्मा बताउनुभयो ।
खडेरीका कारण मकैका ब...