काठमाडौं । मकवानपुरमा निर्माणाधीन काठमाडौं तराई–मधेश द्रुतमार्गमा लोडर दुर्घटना हुँदा ३ जना चिनियाँ नागरिकको मृत्यु भएको छ । सोमबार साँझ मकवानपुरको बकैया गाउँपालिका-११ भेटेपाखास्थित द्रुतमार्ग निर्माणस्थलमा लोडर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनेमा ३७ वर्षीय सु मिङवाओ, ५१ वर्षीय झाङ […]