ऊ आफै पनि एकसुरे भएकी थिई। न नेपाल फिर्दाको खुसी न दुःखीपन उसमा थियो। बीच-बीचमा पानी र अरु खानेकुरा बेच्न मान्छेहरु फाट्टफुट्ट आइरहन्थे। छेउछाउका मान्छेहरुले पनि यो खाने त्यो खाने भनेर सोधिरहे। उसको मनमा एक्कासी डर लाग्यो- 'कतै खानामा बेहोस बनाउने राखेर मलाई फेरि दिल्ली पुर्याउने त होइन?'