काँग्रेसको महाधिवेशन प्रतिनिधिले नामावली दर्ता गर्न ३००० शुल्क बुझाउनुपर्ने

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिले नामावली दर्ता गराउन ३ हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ । काँग्रेसले आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएको हो । ‘केन्द्रीय महाधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्क वापत रु ३,००० (तीन हजार) बुझाउनु पर्नेछ’, निर्णयमा भनिएको छ । काँग्रेसको १४ औं अधिवेशन मंसिर २४–२६ गते काठमाडौंमा हुँदैछ ।  

सम्बन्धित सामग्री

काँग्रेसले प्रदेश प्रतिनिधिको नामावली दर्ता शुल्क २ हजार रुपैयाँ तोक्यो

नेपाली काँग्रेसले प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिले नाम दर्ता गर्दा तिर्नुपर्ने शुल्क तोकेको छ । काँग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले २ हजार रुपैयाँ शुल्क तोकेको हो।   बैठकले सातवटै प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समिति पनि गठन गरेको छ । प्रदेश अधिवेशनसंग सम्बन्धित समिति मुलुकको सातवटा प्रदेशका देहायका स्थानमा पार्टीको प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि देहाय बमोजिम प्रदेश अधिवेशन आयोजक समिति गठन गर्ने ः– प्रदेश नं. १, विराटनगर – संयोजक – केन्द्रीय सदस्य...