प्रदेश नं.२ सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

प्रदेश नं.२ सरकारको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रदेश नं.२ का प्रदेश प्रमुख राजेश झा अहिराजले आगामीआर्थिक वर्ष २०७८-०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रम नेपालको संविधान,नेपाल सरकारको आर्थिक नीति, नेपाल सरकारको आवधिक योजना तथा दीर्घकालीन क्षेत्रगत नीतिहरु र दिगो विकास लक्ष्यलगायत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका प्रतिबद्धताहरु,कोभिड १९ ले पारेको प्रभाव न्यूनीकरण, प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना,मध्यकालीन खर्च संरचना, चालु आर्थिक वर्षमा ल्याएको नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर ल्याइएको छ । नीति तथा कार्यक्रममा कोरोना महामारीको रोकथाम , नियन्त्रण तथा उपचार सहित स्वास्थ्य , शिक्षा, कृषि, भौतिक पूर्वाधार र उद्योग पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको छ । यस वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले अघिलो वर्षमा संचालित कार्यक्रमहरुलाई निरन्र्तता दिँदै केही नयाँ कार्यक्रमहरु संचालन गर्ने योजना राखेका छन । नीति तथा कार्यक्रममा प्रदेश सरकारले कोरोना महामारीका कारण आर्थिक रुपमा प्रदेशमा धेरै क्षति भएको भन्दै स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गरि प्रदेशको आठवटै जिल्लाका जिल्ला अस्पतालहरुमा भेन्टिलेटरसहितको व्यवस्था गरी उपचार प्रक्रिया लाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको दरबन्दी थप गर्ने छ ।

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रम र बजेटका लागि राय–सुझाव सङ्कलन

सन्धिखर्क नगरपालिकामा आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा सरोकारवालासँग राय-सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

काठमाडौँ- गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भनी राखेको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो । गत जेठ २४ गते गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको नीति तथा कार्यक्रम […]

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गत जेठ २४ गते गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभासमक्ष प्रस्तुत गर्नुभएको थियो । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले बहुमतले पारित …

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ,३० जेठ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भनी राखेको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो । गत जेठ २४ गते गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको नीति तथा […]

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

गण्डकी । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भनी राखेको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो । गत जेठ २४ गते गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको नीति तथा कार्यक्रम […]

प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रम ०७९/८० सार्वजनिक

मोरङ – प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रम ०७९/८० सार्वजनिक गरिएको छ। विराटनगरस्थित प्रदेश सभा भवनमा प्रदेश १ प्रमुख परशुराम खापुङले नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेका हुन्। नीति तथा कार्यक्रमले नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तथा समाजवाद उन्मुख अर्थतन्त्रको आधार गर्ने दिशातर्फ केन्द्र रहेको छ। त्यसैगरी, भौतिक पूर्वाधार, सार्वजनिक सेवा प्रवाहको […]

कर्णालीको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गरिने

काठमाडौँ,२३ जेठ । कर्णाली प्रदेश सरकारले मङ्गलबार आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नेछन्। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले विनियोजन विधेयक २०७९ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख […]

कर्णालीको नीति तथा कार्यक्रम मङ्गलवार प्रस्तुत गरिने

कर्णाली । कर्णाली प्रदेश सरकारले मङ्गलबार आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नेछन् । प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले विनियोजन विधेयक २०७९ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख […]

कर्णालीको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गरिने

कर्णाली प्रदेश सरकारले मङ्गलबार आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।  प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नेछन् ।प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले विनियोजन विधेयक २०७९ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिको सेरोफेरोमै रहेर नीति तथा कार्यक्रम तयार पारिएको बताए । “विगतका अधुरा योजनालाई कार्यान्वयन गर्ने, विनियोजन विधेयकका स

नीति तथा कार्यक्रम पेसअघि सिंगारियो संसद भवन (फोटोफिचर)

सरकारले मंगलबार संसदमा वार्षिक नीति तथा कार्यक्रम पेस गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्नेछिन् । यसकै तयारीका लागि संसद भवनलाई सिंगारिएको छ । संसद भवन परिसरमा राष्ट्रिय झण्डा तथा ध्वजापताका टाँगिनुका साथै सरसफाइ गरिएको छ ।राष्ट्रपतिको सवारीलाई ध्यानमा राखेर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा तुल्याइएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरी सदनले पारित गरेपछि सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुल्छ । &n